logo

पूर्व तयारीमा एनआरएनए पोल्याण्ड,  आपतकालिन कोष सहित सर्वपक्षीय समिति निर्माण

      4/22/2020 गते 00 00 मा प्रकाशित     1037   पटक पढिएको


पोल्याण्ड/वारसा  १० बैशाख ।
एनआरएनए पोल्याण्डले यहाँ रहेका  नेपालीहरुको लागि कोरोनाको समस्यामा राहत र सहयोग गर्ने  उद्देश्यले तीस हजार ज्लोतीको कोष सहित सर्वपक्षीय आपतकालिन समिति बनाएको छ ।

कोरोना (कोभिड १९) को संक्रमणले विश्वमा रहेका नेपालीहरुलाई समस्या पारिरहेको अबस्था छ तर  पोल्याण्डमा रहेका कोही पनि  नेपालीहरु अहिले सम्म संक्रमित भएको समाचार छैन।

 

भविष्यमा सम्भावित परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए पोल्याण्डले  तीस हजार रकमको  कोष सहित राहत तथा जनचेतना आपतकालिन समितिको निर्माण गरेको छ।

 

एनआरएनए पोल्याण्डका  अध्यक्ष नरेश सापकोटा संयोजक रहेको समितिमामा गोपाल राई, डाक्टर उदयदेव आचार्य,प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष टंक कटुवाल, जनसम्पर्क समिति सभापति डाक्टर अलिनी सुवेदी पोख्रेल,इनास अध्यक्ष रिता न्यौपाने, गुल्मी समाजका अध्यक्ष प्रकाश तिवारी, शेर्पा समाजका कार्यवाहक  अध्यक्ष सोनाम शेर्पा र विद्यार्थी प्रतिनिधि अभिनाश डंगोल सदस्य रहेका छन् ।त्यसैगरी सल्लाहकारमा डाक्टर बोधराज सुवेदी र मित्रलाल पार्देलाई राखिएको छ ।

पोल्याण्डमा यस अघि एनआरएनए पोल्याण्डले आन्तरिक समिति गठन गरेर नेपालीहरुलाई मास्क ,स्यानीटाइजर बितरण तथा कोरोना संक्रमणबाट बच्ने उपायहरुको बारेमा जानकारी गरएको एनआरएनए प्रथम उपाध्यक्ष जीवन के.सी.लो बताउनु भयो ।

 

एनआरएनए पोल्याण्डले सबै नेपालीको अभिाभावकीय भूमिका निर्वाह गर्दै समस्यामा रहेका नेपालीहरुलाई यदि कुनै  समस्या भए सूचना गर्न पदाधिकारीको टेलिफोन नम्बर सहित अपिल गरिसकेको उहाँले बताउनु भयो ।

 

उहाँले सस्तो लोकप्रियता,व्यक्तिगत महत्वकांक्षा र आग्रह पूर्वाग्रहमा एनआरएनए नलाग्ने र अरु कसैलाईपनि नलाग्न अनुरोध गर्नु भयो ।

पोल्याण्डमा रहेका नेपालीहरुलाई कोरोना भाइरसको कारणले कुनै समस्या परेमा एनआरएनए पोल्याण्ड वा यो समितिमा खबर गरे आफूहरुले अभिभावकीय भूमिका निर्वाह गर्ने सधैं तत्पर रहेको उहाँले प्रष्ट पार्नु भयो ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.