logo

भारतमा कोरोनाका संक्रमणका कारण मृत्युहुने क्रम बढदो,२४ घण्टामा १ सय ९४ जनाको ज्यान गयो

      5/28/2020 गते 00 00 मा प्रकाशित     1353   पटक पढिएको

कोरोना भाइरसका कारण भारतमा बितेको चौबिस घण्टामा १ सय ९४ जनाको ज्यान गएको छ भने साढे ६ हजारभन्दा बढी संक्रमित थपिएका छन्।

भारतमा अहिलेसम्म कोरोनाका कारण ४ हजार ५ सय ४० जनाको मृत्यु भएको छ भने १ लाख ५८ हजार ६ सय १३ जनामा भाइरसको संक्रमण रहेको पुष्टि भएको छ।

एकैदिनमा भारतमा ६ हजार ५ सय ६६ जना नयाँ संक्रमित फेला परेका छन्। संक्रमितमध्ये ६७ हजार ७ सय ४९ जना उपचारपछि निको भई घर फर्किसकेका छन्।


नेपाल संग सीमा जोडिकएको भारतको बिहार राज्यमा ३ हजार ३६ जना संक्रमीत छन । उत्तर प्रदेशमा ६ हजार ९ सय ९१ जना ,पश्चिम बंगालमा ४ हजार १ सय ९२,उत्तराखण्डमा ४ सय ६९ मा संक्रमण पुष्टि भएको छ । 
कोरोनाबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ। महाराष्ट्रमा अहिलेसम्म १ हजार ८ सय ९७ जनाको मृत्यु भएको छ भने करिब ५७ हजार जना संक्रमित भेटिएका छन्।


भारतभर ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भिर रहेको छ भने ३३ लाख ६२ हजार १ सय ३६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।

विश्वभर कोरोना भाइरसका कारण ३ लाख ५७ हजार ४ हजार ५ सय ६७ जनाको मृत्यु भएको छ भने ५७ लाख ९२ हजार २ सय ५३ जनामा संक्रमण रहेको छ। संक्रमितमध्ये २४ लाख ९८ हजार ७ सय ३० जना उपचारपछि निको भई घर फर्किसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका कारण ५ जनाको मृत्यु भएको छ भने ८ सय ८६ जना संक्रमित भएका छन्। संक्रमितमध्ये १ सय ८३ जना निको भएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.