logo

नेपाल र भारतकानागरिकबीचको सम्बन्ध थप सुदृढ पार्न जोड 

      1/10/2021 गते 00 00 मा प्रकाशित     1276   पटक पढिएको

छिमेकी देश भारत र नेपालको सीमाक्षेत्रकानागरिकहरुबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा दुवै तर्फका सरोकारवालाहरुले जोड दिएका छन् ।

 

भारतको  विहार राज्यको पूर्वी चम्पारणमा आयोजित भारत–नेपाल मैत्री सम्वाद कार्यक्रममा सहभागी नेपाल तथा भारतका सरोकारवाला व्यक्तिहरुले यस्तो जोड दिएका हुन् ।

 

नेपाल र भारतका पत्रकारहरुको साझामञ्च, मिडिया फर वोर्डर हार्मोनी पूर्वी चम्पारण हरिसिद्धिमा आयोजित कार्यक्रममा बोल्दै वीरगन्ज महानगरपालिकाका  प्रमुख विजयकुमार सरावगीले युगौंदेखिको नेपाल र भारतको सीमा क्षेत्रका नागरिकबीच रहेको सामाजिक, आर्थिक, सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्ने बताउनुभयो ।

 

उहाँले नेपालको प्रमुखनाका वीरगन्ज नै रहेको र सामाजिक, सांस्कृतिक, धार्मिक समानता रहेकोले सम्बन्धलाई अझ प्रगाढ बनाउन दुवै देशका नागरिकहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

 

मिडिया फर वोर्डर हार्मोनीका पूर्व अध्यक्ष राजेन्द्र प्रसाद गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा नेपालको तर्फबाट निवर्तमान सांसद प्रदीप यादव, नेपाली कांग्रेसका पर्सा सभापतिअजय द्विवेदी, प्रदेसभा सदस्यहरु रमेश पटेल, करिमा वेगम, ओमप्रकाश शर्मा, अशोक वैद, बरिष्ठ पत्रकार चन्द्रकिशोर लगायतको सहभागिता रहेको थियो ।

भारतको तर्फबाट पूर्व चम्पारणका सांसद अजयनिषाध, विधायक के एन पासवानलगायतको सहभागिता रहेको मिडिया फर हार्मोनीका नेपाल सदस्यअनिलकुमार तिवारीले जानकारी दिनुभयो ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.