logo

अदालतको अपमान गरेका कारण दक्षीण अफ्रिकाका पूर्व राष्ट्रपती जुमालाई १५ महिनाको जेल सजाय

      6/29/2021 गते 00 00 मा प्रकाशित     1158   पटक पढिएको

दक्षीण अफ्रिकामा पूर्व राष्ट्रपती ज्याकोब जुमा जेल जाने भएका छन ।  त्यहाको सर्वोच्च अदालतले पूर्व राष्ट्रपती जुमालाई १५ महीनाको जेल सजाय सुनाएको छ ।

 

उनले अदालतको अपमान गरेको अभियोगमा यस्तो सजाय पाएका हुन । उनको कार्यकालमा परेको एक भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि अदालतमा उपस्थित हुन दिइएको आदेश अवज्ञा गरेको अभियोगमा जुमालाई अदालतले सजाय दिएको हो।

 

आफ्नो कार्यकालको अन्त्यतिर सन् २०१८ मा जुमाले भ्रष्टाचारको अभियोगको सामना गर्नुपरेको थियो । नीति निर्माण प्रक्रियामा प्रभावित तुल्याउन व्यापारीहरुले राजनीतिज्ञसँग अनुचित लाभ लिएको आरोप त्यसबेला उठेको थियो ।


अदालतको आदेशपछि पूर्वराष्ट्रपति जुमा एकपटकमात्र अदालतमा उपस्थित भएका थिए तर, त्यसपछिका आदेशलाई उनले अवज्ञा गरेका थिए । न्यायाधीश रेमन्ड जोन्डो नेतृत्वको संबैधानिक इजलासले जुमालाई सजाय सुनाएको हो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.