logo

चुनाव नभए संघीयता संकटमा

      1/29/2017 गते 00 00 मा प्रकाशित     1458   पटक पढिएको

 

माघ १६ बीरगंज
बीरगंजमा समाजका बिभिन्न समुदायमा रहेका बुद्धिजीवीहरु एउटै थलोमा बसेर नेपालको बर्तमान राजनीतिक अवस्थामा सम्वाद गरेका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको मधेशका समस्या,प्रान्त सीमा र स्वायत्तताको सवाल बिषयक अन्तरक्रियामा यस्तो सम्वाद भएको हो । बीरगंजका नागरिक समाजाका बिभिन्न सरोकार समुहका अगुवाहरुको कार्यक्रममा सहभागिता रहेको थियो । लामो समय सम्म मधेशका समस्याको बिषयमा सम्वादहिनता रहेको अवस्थामा आयोजना गरिएको कार्यक्रममा मधेशी र गैर मधेशी समुदायका बिद्वानहरुले खुलेर बौद्धिक बिमर्श गरेका हुन । कार्यक्रममा  सम्बैधानिक  कानूनका  ज्ञाता डा सुरेन्द्र भण्डारीले आधार पत्र प्रस्तुत गर्दै संघीयताको श्रेय मधेशी जनतलाई जाने बताए । उनले मधेशी जनताको आन्दोलनबाट आएको संघीयतामाथि प्रश्न उठने बतावरण आएको प्रति बुद्धिजीवीहरुलाई सचेत हुन समेत आग्रह गरे । उनले मधेशी जनताको बलीदानीपूर्ण सघर्षबाट प्राप्त भएको संघीयतामाथि सम्बिैधानिक रुपमा तोकेको मितिमा निर्वाचन नहुदा प्रश्न उठने बताएका हुन । उनले राजनीतिक नेतृत्वले समस्याको हल निकाल्न नसकेर अस्तब्यस्त अवस्था बनाएको चर्चा गर्दै  अव अर्को शासन पद्धतीको आवश्यकता छ भन्दै मुलुकलाई निरंकुशता तर्फ लैजानेर त्यतीबेला गणतन्त्र पनि समाप्त हुने अवस्था आउने आशंका ब्यक्त गरे ।

 

मुलुकको राजनीतिक नेतृत्व प्रदेशको सीमाकंनका बिषयमा एक मतका साथ सहमत नभएकोले समस्या आएको उनले तर्क गरे । तर मुलुकमा निर्वाचन भएमा समस्याहरु समाधानकालागि प्रक्रिया शुरु हुने बताए । उनले लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेको समस्याको समाधानकालागि सम्बैधानिक प्रक्रियाबाट छिनोफानो गर्नु नै हो । उनले हाम्रो राजनीतिक नेतृत्वले समस्या त सृजना ग¥यो तर त्यसको हल निकाल्ने ल्याकत नराखेको उहाँको भनाई छ । कार्यक्रममा कार्यपत्र माथि टिप्पणी गर्दै बीरगंजका अधिवक्ताहरु पन्नालाल गुप्ता,बीरेन्द्र यादव रामाशिषम यादव प्राध्यापकहरु सुरेश कुशवाहा,प्रा.डा.बीरेन्द्र मिश्र, डा.सुष्मा तिवारी,प्राध्यापक उमा मिश्र बीरगंज उधोग वणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मा उपाध्यक्ष सुवोध गुप्ता पत्रकार पवन तिवारी  बैद्यनाथ ठाकुर लगायतले मधेशका समस्याहरुको हल गरिनु पर्नेमा जोड दिएका थिए । त्यसैगरि प्राध्यापक बीरेन्द्र मिश्र,अधिवक्ता रामेश्वर सेढाईलगायतले लोकतान्त्रिक बिधिका माध्यमले समस्याको हल खोज्नु पर्नेमा जोड दिए ।

 

कार्यक्रममा आधारपत्रका प्रमुख टिप्पणीकार डा.राजेश अहिराजले मधेशीसंग नेपालमा बिभेद कहिल्यै नभएको बताए । उनले मधेशीसंग रंगभेद भएको बताए । उनले रंगभेद र अखण्डता फेरी संगै नजाने बताए । रंगभेद अन्त्य गर्नकालागि सोही अनुसारको काम हुनु पर्नेमा जोड दिए । उनले नागरिक समाजले समाजको रंग फेर्न सक्छ भन्दै नागरिक समाजले समाजमा आत्मीय एकिकरण गर्नु पर्ने बिचार ब्यक्त गरे । उनले भूगोल प्रथामिकताको क्रममा रहोस र शासन साझा होस भन्ने मुद्धा नै आजको मुदा हो । नेपाललाई दुई राष्ट्रको अवधारणामा लादै छौ यसले मुलुकलाई अन्तत बिभाजनमा लान्छ त्यसैले बुद्धिजीवीहरु यो कुरामा सचेत हुनु पर्छ । दुई राष्ट्रको अवधारणाले संसारमा धेरै मुलुक बिभाजनमा गएको उनले बताए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष सुवोध प्याकु¥यालले नेपाली माटोमा बसोबास गर्ने सबै नेपाली भएको बताए ।

 

मैले तपाईको बारेमा तपाईले मेरो अधिकारको बारेमा कुरा गर्नु नै मानव अधिकार हो उनले भने“ तपाई आफनो मात्रै कुरा गर्नुहुन्छ  भने त्यो माग दावी हो ” । उनले सत्ताले गरेको बिभेद सत्ताको प्रतिनिधिको रुपमा स्थानीय प्रशासनले गरेको बिभेद राजनीतिक नेताले गरेको बिभेदलाई अन्त्य गर्नकालागि सोही  अनुसारको उपचार खोज्नु पर्नेमा जोड दिए । उनले सम्विधान त दर्शन हो त्यसलाई लागू गर्न कानून बनाउनु पछर्् भन्दै कानून र राजनीतिलाई छ्यासम्यास गर्न नहुने बताए । कार्यक्रममा इन्सेक मध्यमाञ्चल क्षेत्रीय संयोजक कृष्ण गौतमले स्वागत गरेको कार्यक्रमको संचालन इन्सेक जिल्ला प्रतिनिधि के.सी.लामिछाने र धन्यवाद ज्ञापन मानव अधिकार जिल्ला संजालका अध्यक्ष तवरेज अहमदले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.