logo

शहिद दिवसको अवसरमा बाल कल्याण गृहमा सामग्री वितरण

      1/29/2017 गते 00 00 मा प्रकाशित     1340   पटक पढिएको

वीरगंज १६ माघ

राजनैतिक दलहरुको सत्ताको लुछाचुडीका कारण शहिदहरुको अपमान भएको भन्दै वक्ताहरुले गुनासो गरेका छन् । स्वतन्त्र मानव अधिकार समाज केन्द्रीय कार्यालय बीरगंजले शहिद दिवसको अवसरमा आज वीरगंज स्थित बाल कल्याण गृहमा आयोजित अन्तरक्रिया तथा अनाथ बालबालिकालाई फलफुल तथा कपी, कलम वितरण समारोहलाई सम्बोधन गर्दै वक्ताहरुले शहिदको सूचीमा चोर देखि अपहरणकारी सम्म समावेश हुनु दुःखद विषय भएको कुरामा जोड दिएका थिए ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै संघिय समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष राजकुमार यादवले जनताको अधिकारको लागि बलिदानी दिएका शहिदहरुको सपना विपरित देश अगाडी बढी रहेको बताए  । उनले  नीति प्रधान हुनु पर्नेमा नेता प्रधान भएको कारण देश कमजोर बन्दै गएको बताए । उनले आम नागरिक समाज, जनता सचेत भई भ्रष्ट र सत्तामुखी नेतालाई तह लगाउनु पर्ने कुरामा जोड दिए  । कार्यक्रममा सदभावना पार्टीका सहमहामन्त्री सुरेन्द्र कुर्मीले शहिदले देखेको सपना विपरित देश अगाडी बढी रहेको र सात सालको प्रजातान्त्रिक आन्दोलन देखि अहिले सम्म मुलुक आई पुग्दा सहिदको व्याख्या नै गलत तरिकाले भई रहेकोमा आपत्ति प्रकट गरे  ।

 

स्वतन्त्र मानव अधिकार समाजका अध्यक्ष कृष्ण कुमार खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा इन्सेक प्रतिनिधि के.सी लामिछाने, सदभावना पार्टीका नेजामोद्दिन समानी, नेपाल पत्रकार महासंघका सहसचिव शेखर छतकुली, विद्यार्थी नेता दिलिप कार्की, सामाजिक अभियान्ता प्रकाश थारु, हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष पुरुषोत्तम दुवे लगायतको सहभागिता रहेको थियो ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.