logo

एमालेलाई निषेध गर्ने अभियान फासीवाद हो ः नेता ज्ञवाली

      1/31/2017 गते 00 00 मा प्रकाशित     1335   पटक पढिएको

हेटौडा १८ माघ
नेकपा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञावलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दोहोरो चरित्रको कारण देश र संविधान संकटमा परेको बताएका छन् । प्रेस चौतारी मकवानपुरले आज हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव ज्ञावलीले प्रचण्डले बाहीर निर्वाचन गर्छ भन्ने तर मधेशी दलहरुसँग अर्कै कुरा गर्ने गरेको बताए ।
मधेशमा रहेको आम समुदायहरु चुनावको पक्षमा रहेको बताउँदै ज्ञावलली सरकारलाई चुनावको मिति तत्काल घोषणा गर्न समेत आग्रह गरेका छन् । संविधान कार्यन्वयनको लागि निर्वाचनको कुनै विकल्प नभएको भन्दै उनले निर्वाचनबाट देशले निकास पाउने बताए । 
सरकारले निर्वाचन संवन्धी विधेयक निर्माण तथा पारित गर्न कुनै भुमिका नखेलेको बताउँदै उनले निर्वाचनको मिति घोषणासँगै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन अहिलेको प्रमुख काम भएको बताए । 
मधेशवादी केहि दलहरुले तराईमा एमाले निशेध अभियान चलाउनु राजनीतिक फाँसीवाद रहेको भन्दै जनाधार नभएका दलहरुको आतंकबाट एमाले नडराउने बताए । सरकार संविधान संसोधनको नाउँमा मधेश टुक्राउछु भन्नेहरुको पक्षमा लागेको भन्दै देश टुक्राउने अभिब्यक्ती दिनेलाई कारबाही नगर्नु शंकाको विषय भएको उनको भनाई रहेको थियो । पत्रकार सम्मेलन प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहालको अध्यक्षतामा भएको हो 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.