logo

कांग्रेस र माओवादी केन्द् चुनाव नगराउने खेलमा ः अध्यक्ष थापा

      2/3/2017 गते 00 00 मा प्रकाशित     1153   पटक पढिएको

माघ २१ हेटौडा
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले सरकारवादी दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रनै चुनाव नगराउने खेलमा लागेको बताएका छन् । सरकारले निर्वाचन आयोगलाई निर्वाचनको लागि तयारी गर्नु भन्दै पत्रचार गर्ने निर्णय गर्नु औचित्यहिन रहेको भन्दै थापाले मिति तथा कुन निकायको निर्वाचन गर्ने भन्ने विषयनै नसमेटिएको पत्रचारले केहि अर्थ नराख्ने स्पष्ठ पारे ।
मिडीया नेपाल मकवानपुरले आज हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले निर्वाचन आयोग भनेकै निर्वाचन गर्न सधै तयार रहने निकाय भएकले सरकारले निर्वाचनको तयारी गर्नु भन्दै पत्रचार गर्ने तर कुन निर्वाचन गर्ने भन्ने विषयमा जानकारी नदिने विषय हास्यस्पद भएको बताए  । 
उनले भने ः सरकारले अझ अब्यवहारिक कुरा त निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्न पत्रचार गर्ने अनि मन्त्रीको संयोजकत्वमा स्थानीय तह निर्धारण आयोगको प्रतिवेदनलाई पुनारवलोकन गर्न १५ दिनको समय तोक्नु आफैमा अनौठो कुरा हो, सरकारको यो कुराले निर्वाचन आयोगले के तयारी गर्ने रु 
मधेशवादी दलहरुको समस्या समधान गर्न कांग्रेस र माओवादी केन्द्रनै नचाहेको बताउँदै उनले कांग्रेस र माओवादीको अब्यवहारिक चरित्रको कारण मुलुक संकट तर्फ अघि बढेको बताए ।  
संविधानमानै ब्यवस्था गरिएको स्थानीय  तहको निर्वाचनको विषयलाई समेत सरकारले भन्न नसक्नु विडम्वना भएको बताउँदै पत्रचारको विषयले चुनाव नहुने संभावनालाई थप मजबुद बनाएको बताए ।  प्रचण्ड नेतृत्वको सरकारले ६ महिनामा मधेसको समस्यालाई समधान गर्नु भन्दा पनि समधान गर्न पहल समेत गर्न नसकेको भन्दै थापाले आफुहरु पनि सरकारबाट फिर्ता हुन सक्ने बताए । कार्यक्रम मिडीया नेपाल, मकवानपुरका अध्यक्ष जिबराज बख्रेलको अध्यक्षतामा भएको हो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.