logo

गाविस सचिवहरु आन्दोलनमा सेवाग्राहीलाई समस्या

      2/2/2017 गते 00 00 मा प्रकाशित     1084   पटक पढिएको

माघ २१ बीरगंज
प्रोत्साहन भत्ता नपाएका गाविस सचिवहरुले कामकज ठप्प पारेका छन । देशभरिका गाविस सचिवहरु काम छोडेर आन्दोलनमा उत्रिएपछि त्यसको प्रभाव मध्यतराईका जिल्लाहरुमा पनि परेको छ । सचिवहरुले काम बन्द गरेपछि सेवाग्राहीहरु मर्कामा परेका छन । धेरैजसो गाविस सचिव सदरमुकाममा बस्ने भएकाले गाउँगाउँबाट काम लिएर सदरमुकाम पुग्ने सेवाग्राहीहरु दोहोरो मारमा परेका छन ।  कतिपय जिल्लामा गाविस सविचले आफ्नो कार्यालयको ताला जिल्ला विकास समितिको कार्यालयमा बुझाएका छन् । माग पूरा गर्न दिएको समयभित्र सरकारले वास्ता नगरेकाले आज देखि सबै काम रोकिएको  गाविस हकहित संरक्षण केन्द्रका अध्यक्ष दामोदर रिजालले बताए । केन्द्रले अर्थ मन्त्रालयले रोकेको प्रोत्साहन भत्ता तत्काल पाउनुपर्ने, गाउँपालिका–नगरपालिका पुनसंरचान गर्दा कर्मचारी व्यवस्थापनमा आफ्नो प्रतिनिधित्व हुनुपर्ने, सुरक्षाको प्रत्याभूति हुनुपर्ने र सरुवा बन्द गर्न नहुने स्थानीय निकायको चुनाव हुनुपर्ने गरि पाँचबुँदे माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.