logo

सांसद यादवद्वारा गइयाघाट पुलको शिलान्यास

      2/6/2017 गते 00 00 मा प्रकाशित     1153   पटक पढिएको

वीरगंज,माघ २४

पर्सा क्षेत्र नं. २ का सांसद बिचारी प्रसाद यादवले आज एक कार्यक्रमका बिच गइयाघाट पुलको शिलान्यास गरेका छन । वीरगंज उपमहानगरपालिका वडा नं. २६ प्रसौनी बिर्ता स्थित श्रीसिया खोलामा डिभिजन सडक कार्यालय हेटौंडाको आर्थिक सहयोगबाट बन्न लागेको पुलकोे शिलान्यास गरेका हुन । 

शिलान्यास पश्चात पत्रकारहरु संग कुरा गर्दै सांसद यादवले १० करोडको लागतमा  निर्माण भईरहेको पुलबाट वीरगंज उपमहानगरपालिका वडा नं.२६ प्रसौनी बिर्ता, वडा नं.१७ पिपरा,बहुअरी मुस्लिम टोल ,मनियारी ,ईनरवा,सुखचैना  लगायतको गाबिस र वडाका बासिन्दाहरु लाभान्वित हुने बताए । सानो छदा आफु यस गइया घाटमा गाई चराएको र पानी खाएका गाँउेले यस ठाँउलाई बिकास गर्न पुल निर्माण गर्न लागेको सांसद यादवले बताए । यादवले गईया घाट सडकको  अतिक्रण गरिएको जग्गा यस अघिनै निकालि सकेको बताए । निर्वाचित सांसद लाई एक पुल र एक सडक निर्माण योजना अन्र्तगत सो पुल निर्माण गर्न  लागिएको सांसद यादवले बताए । गइया घाट देखि प्रसौनी जोडने सडक ७८ फिट चौडा रहेको सांसद यादवले जानकारी दिए ।

७२ मिटर लम्बाई र ११ मिटर चौडाई भएको पुल “प्रि स्टेस्ड”मोडलमा निर्माण हुन लागिएको र डिएस  मोना कन्र्सटक्सनका ठेकेदार रामाकान्त चौरसियाले दुई बर्ष भित्र सो पुलको निर्माण गर्ने ठेक्का लिएको डिभिजन  सडक कार्यालय हेटौडाका ईन्जिनियर आश्विनी कुमार यादवले बताए । साथै ईन्जिनियर यादवले पुलको दुटै साइड २००÷२०० मिटर पिच सडक निर्माण समेत गर्ने जानकारी दिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.