logo

एमालेलाई कसैले हराउन नसक्ने सभासद आलको दावी 

      3/12/2017 गते 00 00 मा प्रकाशित     1324   पटक पढिएको

परवानीपुर २९ फागुन ।बारा क्षेत्र नं ४ का  सभासद नेजमा आलमले परवानीपुर गाउपालिकाको हरपुर गाऊँ मा शहीद महमूद आलम स्मृति पार्क को शिलान्यास गरेकी छिन ।  पार्कको शिलान्यास गर्दै सभासद आलमले स्थानीय नागरिकको सहयोगमा पार्क निर्माण हुने बताइन । उनले जनताको सहयोगकै कारण आफूले पर्यटन तथा संस्कृती मन्त्रालय ७ लाख रुपैया विनियोजन गराउन सफलता पाएको बताइन ।  सभासद आलमले  लोकतंत्रमा सबै दलले बोल्न पाउने र जनतालाई सबै दलको विचार सुन्न पाउने अधिकार भएकोले मधेशवादी दलहरुले एमाले प्रति गरेको निषेधको राजनीतिले मधेशी जनताको लोकतान्त्रिक अधिकार माथि नै प्रहार भएको प्रष्ट पारिन सभासद आलमले बारा जिल्लामा भइरहेको विकास निर्माणको कामहरुले आउने स्थानीय तहका निर्वाचनमा एमालेको बिजयलाई कसैले रोक्न नसक्ने बताइन । कार्यक्रममा बोल्दै सिम्रौनगढ पर्या पर्यटन प्रर्वद्धन बिकास समिति सिम्रौनगढका सदस्य रामपाल यादवले स्वर्गीय महमूद आलमको सपना पूरा गर्न को निम्ति पार्क निर्माण हुदै गरेको बताए । उनले  पर्यटन बोर्ड बाट गर्न सकिने सबै सहयोग गर्न तयार रहेको आश्वाशन ब्यक्त दिए । छात्तापिपरा का पूर्व अध्यक्ष तथा एमाले बारा सदस्य भूदेव चौदरी ले जनताको हक अधिकार संबिधानले संस्थागत गरिसकेको हुदा अब विकास निर्माणको कार्यले मात्रै जनतामा लोकप्रियता कमाउने बताए । कलामुद्दीन अंसारीले सञ्चालन गरेकोे कार्यक्रमको अध्यक्षता दौलत अंसारी गरेका थिए । स्वागत मन्तब्य अलीजान अंसारीले ब्यक्त गरेका थिए । कार्यक्रममा बारा एमाले सचिवालय सदस्य मुस्लिम अंसारी, बारा ४ एमाले उपसचिव ई. मोबिन आलम, एमाले हरपुर सदस्य सोबराती  अंसारी लगायतकाले मन्तब्य राखेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.