logo

जातीय कुरा गर्नेहरुलाई बहिष्कार गरौ ः नेता यादव

      3/15/2017 गते 00 00 मा प्रकाशित     1089   पटक पढिएको

चैत २ पोखरिया
नेपाल संघीय समाजवदी पार्टीको बृहत पार्टी प्रवेश र कार्यकर्ता भेला पर्सा जिल्लाको पोखरीया नगरपालिकाको लमरीया डमरापुरमा सम्पन भएको छ । कार्यक्रममा नेपाल संघीय समाजवदी पार्टी का केन्द्रीय उपाध्यक्ष राजकुमार यादवले जातिय भोट बैक बनाउनु पर्साको जनता माथि अन्याय भएको बताउनु भयो । उहाँले भोटको लोभमा जातीय नारा लगाएर सामाजिक एकता तोडन चाहने नेता र पार्टीहरुका कारण जनताले दुः पाउने बताउनु भयो । नेता यादवले  जातिय नाराले गर्दा  पर्साका जनताले चाहेको आर्थिक राजनीतिक समाजिक र सांस्कृतिक बिकास संम्भव नभएकोले  त्यस्ता नारा दिने र  भेदभाव गर्ने नेतालाई बहिष्कार गर्नु पर्ने बताउनु भयो । स्थानीयतहको निर्वाचनबाट गरिब , दलित , मुस्लिम , पिछडावर्गको निर्वाचन नभई शोषक , सामान्ती ,भ्रष्टाचार र  दमन गर्ने बहुसंख्यक ब्यक्तिहरू निवार्चनमा भाग लिने र बहुसंख्यक पार्टीहरूले  त्यस्ता ब्यक्तिलाई टिकट दिनमा लागेको ठोकुवा गर्नु भयो । उहाँले  त्यस्ता ब्यक्तिबाट सचेत रहन आग्रह गर्नु भयो । मधेश नेपालको एउटा अंग मात्रै होइन एउटा सशक्त  बिचार पनि हो भन्दै नेता यादवले मधेशको स्वच्छ बिचारलाई अपमान गर्ने ब्यक्तिलाई मधेशको जनताले बहिष्कार गर्नु पर्ने कुरामा जोड दिनु भयो । कार्यक्रमको सभापतित्तव बिश्वनाथ महतोले गर्नु भएको थियो । कार्यक्रममा नथुनि प्रसाद कुशवाहा  अकिलेश यादव , भिष्म सिंह , लालबाबु राम , फैयाज अहमद , दिपनारायण रौनियार , धानु शर्मा , दिनेश पटेल , देवनारायण चौधरी , बिनोद प्रजापति , ध्रुव साह , महेन्द्र यादव , लगायतले बिचार ब्यक्त गर्नु भएको थियो ।  सोही कार्यक्रममा एमाले पार्टी परित्याग  गरि बैजनाथ साह , रामाशिष यादव , दिपलाल साह , नरेन्द्र , राजेश यादव,  कपिल  शेषनाथ यादव , भरोसी मुखीया , सुर्दसन गिरि , साहेब साह, पारस चौहान , भोला कंकड , महेन्द्र साह , महेन्द्र यादव लगायत दर्जनौको  संख्यामा बिभिन्न  परित्याग गरि पार्टी प्रवेश गरेका छन । यसै गरि पोखरीया नगरपालिकाको लमरीया डमरापुरमा हिरालाल प्रसाद यादवको अध्यक्षतामा ५१ सदस्यीय वडा ईकाई कमिटि पनि गठन गरिएको छ । उपाध्यक्षमा शेषनाथ राउत अहिर , सचिवमा अशोक चौहान , कोषाध्यक्षमा दुर्गा महरा सहसचिवमा जितन यादव लगायत रहेका छन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.