logo

नेपाल विद्वत परिषदको राष्ट्रिय प्रशिक्षण सम्पन्न

      3/28/2017 गते 00 00 मा प्रकाशित     1254   पटक पढिएको

वीरगंज, १५ चैत्र 
मेची महाकाली भ्रमण अभियान २०७३ अन्तगर्तत वीरगंज आइपुगेको नेपाल विद्वत परिषदको टोलीले मंगलवार वीरगंजमा राष्ट्रिय प्रशिक्षण एवं भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । 
    विद्वत परिषदमा आवद्ध विभिन्न तहका व्यक्तित्वहरूलाई परिषदका केन्द्रिय अध्यक्ष जितबहादुर अर्जेल, केन्द्रिय सदस्य बल्लभ दाहाल, नरेशराज गिरी, अध्यानन्द प्रसाद कलवार, पशुपति विक्रम शाह लगायतका टोलीले प्रशिक्षण दिएका हुन ।
    प्रशिक्षण कार्यक्रममा बोल्दै ं परिषदका केन्द्रिय अध्यक्ष जितबहादुर अर्जेलले इमान्दारिता भए सानो समुहले पनि देशमा आमूल परिवर्तन ल्याउन सक्ने बताए । इच्छाशक्ति र कार्यशक्ति प्रवल भएकै कारण एक्ला पृथ्वी नारायण अघि सरेर राष्ट्र एकीकरणमा सबै नेपालीलाई सरिक गराएर विशाल नेपालको निर्माण गरे भने राजा महेन्द्रले पनि इच्छाशक्ति, कार्यशक्तिकै कारण आप्mनो शासनकालको सानो अवधिमा नै नेपाललाई विश्वमाझ चिनाउन तीव्र गतिमा विकास गरे । त्यसैले हामी सबै नेपाली तीव्र इच्छाशक्ति लिएर अगाडि बढ्यौ भने देश विदेशीकरण हुनबाट जोगिन्छ ।
    अध्यक्ष अर्जेलले विदेशीलाई नागरिकता बा“ड्ने, विदेशी हस्तक्षेप, विदेशी धर्म निम्त्याउने तथा देशलाई परनिर्भर बनाएर आप्mनो दुनो सोझ्याउने दलीय व्यवस्था भन्दा पंचायती व्यवस्था नै नेपालको लागि उत्तम व्यवस्था भएको जिकीर गरे ।
उनले परिषद कुनै निश्चत दल, व्यक्ति वाद, वर्ग, क्षेत्र समुदाय विशेषको नभई सिंगो नेपालीको साझा आवाज एकता, राष्ट्रिय अखण्डताको रक्षा र राजसंस्थाको पुनस्र्थापनाको ऐजेण्डा  लिएर अगाडि बढेको बताए ।  कार्यक्रममा परिषदका केन्द्रिय सदस्य बल्लभ दाहाल पशुपति विक्रम शाह नरेश राज गिरी अध्यानन्द कलवार, जिल्ला अध्यक्ष राम नारायाण साह, अरुण विक्रम शाहलगायतले मन्तव्य ब्यक्त गरेका थिए । प्रशिक्षण कार्यक्रममा वीरगंज उपमहानगरपालिकाका पूर्व नगरप्रमुख विमल श्रीवास्तव, संजिव कुर्मी, प्रेम सर्राफ, सरजुग पंडित, कमरुल होदालगायतको सहभागिता रहेको थियो ।
     
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.