logo

नयाँ शक्ति पर्सामा चर्कियो अन्तरसंघर्ष

      3/16/2017 गते 00 00 मा प्रकाशित     1063   पटक पढिएको


बीरगंज ३ चैत । नयाँ शक्ति पार्टीको २ प्रदेशका इन्चार्ज महेन्द्र पासवानले आज एक बिज्ञिप्त जारी गरि पार्टीको पर्सा संयोजक बलिराम साहनै रहेकोले कसैलाई भ्रममा नर्पन आग्रह गरेका छन । 
    पर्सा जिल्लामा गत फागुन २५ गते पार्टीका अर्का नेता हरि मण्डलले बलिराम साह संयोजक नरहेको भन्दै गतिविधिहरु संचालन गर्न थालेपछि पासवानका तर्फबाट यस्तो बिज्ञप्ति आएको हो । पासवानले आफ्नो बिज्ञिप्तिमा मण्डलले पार्टीको नीति बिधान नेतृत्व र सिङ्गो पाँर्टीमै आँच आउने गरि काम गरिरहेकोले उनलाई आनुशासनको दायरामा ल्याएर कारवाहीको प्रक्रियामा राखिएको उललेख गरेका छन ।
    उनले बिज्ञिप्ति मार्फतनै “त्यस्ता ब्यक्ति” भन्दै हरि मण्डलको कुरामा नलाग्न पार्टी कार्यकर्ता र आम उधोगी ब्यापारी समेतलाई आग्रह गरेका छन । यता हरि मण्डलले भने आफू केन्द्रीय कार्यकारी समितिको आमन्त्रीत सदस्य रहेको बताएका छन । उनले आफू पार्टी काममा संलग्न रहेको समेत दावी गरेका छन । नेता मण्डलले पार्टीलाई माओवादीकालीन शैलीमा संचालन गर्न खोजिएको प्रति आफनो असहमती रहेको बताएका छन । तानाशाही पारामा पार्टी चलाउन खोज्ने पार्टी भित्र योग्यता क्षमता भएका भन्दा पनि चाकरी गर्ने र जातीय रुपमा आफना मान्छे भर्ती गर्ने प्रवृतिका बिरुद्ध आफू लडिरहेको मण्डलले बताएका छन । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.