logo

संविधान संशोधनमा सहयोग गर्ने काँग्रेसको प्रस्ताव एमालेद्वारा अस्वीकार

      4/29/2017 गते 00 00 मा प्रकाशित     1028   पटक पढिएको

भक्तपुर, १६ वैशाख । नेपाली काँग्रेसले संविधान संशोधन विधेयक पारितका लागि सहयोग गर्न गरेको आग्रह नेकपा (एमाले)ले अस्वीकार गरेको छ ।


आज भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा भएको काँग्रेस र एमालेको शीर्ष नेताको भेटवार्ताका क्रममा संविधान संशोधनमा एमालेले सहयोग गर्न नसक्ने बताएको हो ।


छलफलका लागि सत्तारुढ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला  एमाले अध्यक्ष ओली निवास बालकोट पुग्नुभएको थियो ।


भेटमा देउवाले ओलीलाई मधेसवादी दललाई चुनावमा ल्याउनका लागि संविधान संशोधन आवश्यक रहेको बताउँदै यसमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । जवाफमा ओलीले संविधान संशोधन प्रतिगामी र जनविरोधी भएको भन्दै सहयोग गर्न नसक्ने बरु संशोधन प्रस्तावलाई कुनै हालतमा असफल बनाउने बताउनुभएको थियो ।


भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधन र वर्तमान राजनीतिक अवस्थाका बारेमा दुई दलका नेताबीच छलफल भएको बताउनुभयो ।


एमाले महासचिव ईश्वर पोखरेलले संशोधनमा सहयोग गर्न काँग्रेसले गरेको आग्रह आफूहरुलाई मान्य नभएको बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.