logo

वीरगन्जमा मधेशी मोर्चाको विरोध प्रर्दशन

      4/22/2017 गते 00 00 मा प्रकाशित     1096   पटक पढिएको

 वीरगन्ज, ९ बैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साले आज वीरगन्जमा विरोध प्रदर्शन कोण सभा सम्पन्न गरेको छ ।सरकारले दोश्रो संशोधनको प्रस्ताव संसदमा दर्ता गरेपछि आन्दोलनमा उत्रिएको मोर्चाले पूर्व योजना अनुरुप सभा गरेको हो । बीरगंजको सभामा तत्कालिन सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । काठमाण्डौमा सरकारसंग सघन वार्ता चलिरहेकोले महतो बिरोध सभामा सहभागी हुन नसकेको राजपाका नेता मुस्तकीम अन्सारीले बताएका छन । संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन गर्न नदिने अडान राख्दै मोर्चामा आवद्ध दलका नेता कार्यकर्ताले वीरगन्जमा प्रदर्शन गरेका हुन । 
   मोर्चाका नेताहरु जितेन्द्र सोनल ,पुरुषोत्तमलाल झा प्रेमबाब् पटेल मुस्तिक अन्सारी करिमा बेगम रेखा साह लगायतका नेताहरुको नेतृत्वमा वीरगन्जको  घाण्टारबाट निस्केको जुलुस माईस्थान, आदर्शनगर, घडिअर्वा चोक हुदै पुनः घण्टा घर चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।  

       राष्ट्रिय जनता पार्टीका  नेता प्रेमबाबु पटेलको अध्यक्षतामा सम्पन्न भएको कोणसभामा नेताहरुले मधेश समस्याको हल बिना हुने निर्वाचनको औचित्य नरहेको बताएका थिए । 
   कोणसभामा संघीय समाजवादी फोरम नेपालीकी केन्द्रिय सदस्य एवम् पुर्व मन्त्रि करिमा बेगम, फोरम नेपालका मधेस प्रदेशका सचिव सलाउदिन अहमद,  विद्यार्थी नेता यसवन्त यादव , राजपाका रंजन मिश्र ,कृष्ण पटेल नुर आलम लगायतका मन्तब्य ब्यक्त गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.