logo

नेपाली काग्रेसमा बिभागहरु बिस्तार पर्साबाट दश नेताले पाए जिम्मेवारी

      8/10/2020 गते 00 00 मा प्रकाशित     856   पटक पढिएको

महाधिवेशनको सम्मुखमा रहेको नेपाली कांग्रेसले भिागहरुलाई पूर्णता दिएको छ । पार्टी भित्र सहमती कायम हुन नसकेपछि पार्टी सभापति शेर बहादुर देउवाले एकलौटी रुपमा बिभागहरुमा मनोनयन गर्नु भएको हो ।

 

 पार्टीमा १२ विभागहरुमा प्रमुख उपप्रमुख, सचिव तथा सदस्यहरु सहित ४ सय ५७ जनालाई मनोनयनमा परेका छन ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आइतबार राति जारी विज्ञप्तिमा देउवाले नेपाली कांग्रेसको विधान, २०१७(संशोधन सहित) को धारा २५ (९) बमोजिम नेपाली कांग्रेस केन्द्रीय विभागहरुमा प्रमुख उपप्रमुख, सचिव, सदस्यहरु मनोनयन गरिएको जनाएका छन् । प्रमुखहरु पहिलानै मनोनित गरिएका थिए । 

 

पार्टी भित्र निकै महत्वपूर्ण मानिएको स्थानीय तह समन्वय विभागमा जनार्दन सिंह क्षेत्री संगठन रविभागको सदस्यमा नेपाली कांग्रेसका पर्साका नेता राकेश सिंह मनोयनमा पर्नु भएको छ ।   त्यसैगरी शिक्षा विभागको सदस्यमा प्राध्यापक प्रमोद गुप्ता पर्नु भएको छ ।

यायाता व्यवसायी समन्वय विभागको सदस्यमा नेता रामरूप प्रसाद कुर्मी, मुस्लिम विभागको सदस्यमा स्किम मियाँ र जाकिर हुसेन मनोनयन गरिएका छन् ।

 

त्यस्तै तराई मधेस समन्वय विभागको सचिवमा रामनारायण प्रसाद कुर्मी र सदस्य नरेन्द्र साह मनोनयन भएका छन् । यसैगरी वन, वातावरण तथा विपत् व्यवस्थापन विभागको सदस्यमा डदना गुप्ता  मनोनयनमा पर्नु भएको छ ।त्यसैगरी निर्माण व्यवसायी समन्वय विभागको सदस्यमा वशिष्ठ नारायण कुर्मी मनोनयन भएका छन् ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.