logo

सप्तरीका सांसद डा.यादव पनि कोरोना संक्रमीत,स्वास्थ्य अवस्था सामान्य

      8/14/2020 गते 00 00 मा प्रकाशित     892   पटक पढिएको

सप्तरी क्षेत्र नम्बर १ बाट  निर्वाचित संघीय सांसद डा सूर्यनारायण यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

 

जनकपुरमा निजी क्लिनीक संचालन गर्दै आउनु भएका ६४ बर्षीय डा. यादवमा बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको हो ।

 

बाल रोग विशेषज्ञ डा. यादवले आफू अहिले स्वस्थ्य रहेको बताउनु भएको छ  ।डा. यादवको क्लिनीकमा महोत्तरीबाट उपचारकालागि आएका एक बालक बाट आफूमा कोरोना भाइरसको संक्रमण उहाँले बताउनु भयो ।

 

झाडा पखला लागेर ल्याइएका बालकमा निमोनीया पनि थियो पछि कोरोना भाइरसको संक्रमण बारे परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । 

डा .यादवले  ती बालकलाई आफैंले उपचार गरेका कारण कोरोना सरेको बताउनु भयो । आफ्नो जाँच गराउँदा समेत पोजेटिभ आएको उहाँले बताउनु यभो ।

 

यसैगरि शुक्रबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा बालरोग विशेषज्ञ समेत रहेका प्रतिनिधिसभा सदस्य डा. यादवसहित ४८ जनामा संक्रमण पुष्टि भएको हो ।


जनकपुरधामस्थित जानकी हेल्थ केयरमा कार्यरत एक चिकित्सिकसहित ४ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

 

त्यस्तै जनकपुरधामस्थित मुक्ति विकास बैंकका थप ३ जनामा संक्रमण पुष्टि भएको छ । मुक्तिनाथ विकास बैंकका केही कर्मचारीमा यसअघि पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उक्त बैंकका कर्मचारीहरुको कोरोना संक्रमणको रिपोर्ट ढिला आउँदा अन्य कर्मचारीहरुमा संक्रमण बढेको देखिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.