logo

बीरगंजले राजनीति र ब्यवस्थापनका एक  बिज्ञ तथा प्रजातान्त्रिक बिचारधाराका एक योद्धा गुमायो 

      8/18/2020 गते 00 00 मा प्रकाशित     984   पटक पढिएको


ठाकुरराम क्याम्पस वीरगञ्जका सहायक क्याम्पस प्रमुख प्राध्यापक प्रमोद गुप्ताको निधन भएको छ ।गुप्ताको गएराती नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

 

वीरगञ्ज महानगरपालिका वडा नं. ४ विर्ता निवासी गुप्ता विगत केहि दिनदेखि ज्वरो लागेर बिरामी हुनु भएको थियो ।सोमबार उहाँलाई नारायणी वयोधा अस्पतालमा भर्ना गर्दा निमोनिया लागेको पुष्टि भएको परिवारको स्रोतले जनाएको छ ।

 

शिक्षाविद् गुप्ताको गएराती १० बजे उपचारको क्रममा मृत्यु भएको अस्पतालको प्रशासन शाखाले जानकारी दिएको छ ।गुप्ता हालैमात्र बिस्तार भएको नेपाली कांग्रेसको शिक्षा विभागमा सदस्यको रुपमा मनोनित हुनु भएको थियो ।

 

 ठाकुररामब बहुमुखी क्याम्पसमा लामो समय सम्म सहायक क्यम्पस प्रमुखको भूमिका निर्वाह गरिसक्नु भएका गुप्ता लोकतान्त्रिक बिचारधाराका प्रध्यापकहरुको संघमा पनि उतिकै प्रभाव राख्नु हुन्थ्यो ।

ठाकुरराम बहुमुखी क्याम्पसका सह प्राध्यापक गुप्ता त्रिभूवन बिश्वबिद्यालयको ६० औ वार्षिकोत्सवमा दीर्घ सेवा पदकबाट सम्मानीत हुनु भएको थियो । 

उहाँको असामयिक अवसनाले बीरगंजले राजनीति तथा ब्यवस्थापन बिषयका एक जना बिज्ञ तथा प्रजातान्त्रिक योद्धा गुमाएको छ ।

 

उहाँको असामयिक निधन प्रति समाजका बिभिन्न क्षेत्रमा नेतृत्व गरेका ब्यक्ति र बिभिन्न संघ संस्थाले दुःख ब्यक्त गर्नै श्रद्धान्जली ब्यक्त गरेका छन ।

 

उहाँको बैद्धिक बिधि  अनुसार मंगलबार बिहान परिवारको सदस्यहरुको उपस्थितिमा अन्त्येष्टि गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.