logo

रौतहटका युवाको बीरगंजमा मृत्यु,राज्यले नियोजति रुपमा हत्या गरेको दलीत अधिकारकर्मीको आरोप

      8/27/2020 गते 00 00 मा प्रकाशित     937   पटक पढिएको

 कर्तव्य ज्यान मुद्दामा अभियोग लागि पक्राउ परेर हिरासतमा रहेका रौतहटका एक युवकको उपचारको क्रममा बीरगंजको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

रौतहटको गरुडाका १९ वर्षिय बिजयरामको मृत्यु भएको हो । हिरासतमा रहेका रामको स्वास्थ्य अवस्था बिग्रेपछि उपचारकोलागि नेशनल मेडिकल कलेजमा पठाइएको रौतहट प्रशासनले जनाएको छ । रौतहटका प्रहरी प्रमुख रविराज खडकाले रामको उपचारको क्रममा मृत्यु भएको बताउनु भयो । 

 

गत साउन ३२ गते रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा पक्राउ परेका राम पक्राउ परेका थिए । स्थानीय र दलीतअधिकारकर्मीले भने प्रहरीको चरम यातनाका कारण रामको ज्यान गएको आरोप लगाएका छन ।

 

प्रहरीले मुख्य दोषीलाई  जोगाउन यातना दिएर रामलाई अपराध कवुल गराउने चक्करमा उनको ज्यान गएको गम्भिर आरोप उनीहरुले लगाएका छन । प्रहरीले अन्याय गरेको भन्दै चार दिन देखी स्थानीय समुदायले प्रहरी बिरुद्ध प्रर्दशन गर्दै आइरहेका थिए । 

प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले शेख आजाद, अजय कुमार रन्जन, विवेक राय यादव, अर्जुन राम, सिकेन्द्र पासवान र विजय महरालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको थियो ।


संयुतmदलित संघर्ष समिति, प्रदेश २ ले हिजो पनि प्रेस बिज्ञप्ति जारी गरेर बिजय रामको जीवन रक्षाको अपिल गरेको थियो । दलीत अधिकारको क्षेत्रमा काम गर्ने अगुवाहरुले अन्याय भएको भन्दै कुरा उठाएका थिए ।  दलीत अगुवा मनोज रामले यो घटनालाई गम्भिरता पूर्वक लिन राज्य संयन्त्रलाई जति भने पनि कुनै सुनवाई नभएको भन्दै आक्रोश ब्यक्त गर्नु भयो ।

 

दलीतहरु प्रदेश २ मा असुरक्षीत भएको भन्दै रामले चिन्ता ब्यक्त गर्नु भयो । सामाजिक न्यायकालागि दलीतले हरेक क्षण योगदान गरे तर त्यसको प्रतिफल भने नपाएको उहाँको बुझाई छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.