logo

रौतहटमा १६ दिनमा हत्याका ४ घटना,निष्पक्ष छानवीन गरि दोषीलाई कारावही गर्न अध्यक्ष खड्काको माँग

      8/31/2020 गते 00 00 मा प्रकाशित     665   पटक पढिएको

रौतहट जिल्लामा पछिल्लो समय हत्या हिंसाका श्रृंखलाहरु बढेका प्रति संघीय संसद   विकास तथा प्रविधि समितिका अध्यक्ष कल्याणी खडकाले चासो देखाउनु भएको छ ।

 

उहाँले आपराधिक घट्नाहरुको निष्पक्ष छानविन र छिटो छरितो अनुसन्धान गरि दोषीलाई कानुनी कठघरामा ल्याएर कडा भन्दा कडा सजाय दिलाउने वातावरण निर्माण गर्न नेपाल सरकार, गृह मन्त्रालयको गम्भिर ध्यानाकर्षण होस भन्नु भएको छ । 

 


एक प्रेस नोट जारी गर्दै अध्यक्ष खडकाले  प्रतिदिन हत्या हिंसाका घट्ना बढिरहँदा नागरिकमा त्रासको वातावरण सृजना भएको छ ।

 

त्यसमा पनि शान्ति सुरक्षाको जिम्मेवारी लिएको प्रहरी प्रशासनकै हिरासतमा यातनाका कारण नागरिक मारिनु र अन्य घट्नाका हत्यारा पत्ता लगाउन पनि नसक्दा नागरिकमा थप सन्त्रास बढेको उहाँले उल्लेख गर्नु भएको छ ।

 

अध्यक्ष खड्काले निरन्तर बढिरहेको हत्या श्रृंखला र सुरक्षा संयन्त्रको कमजोर अनुसन्धान प्रति गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयको गम्भिर ध्यानाकर्षण गराउन चाहान्छु भन्नु भएको छ ।  

रौतहटमा  विगत १६ दिनको अवधीमा ४ जना नागरिकको विभत्स हत्या भएको  छ ।


साउन ३१ गते गरुडा नगरपालिकाका  दलित युवा निरञ्जन रामको जातीय विभेदका कारण घाँटी रेटेर हत्या भएको थियो भने भदौ ३ गते नै  माधवनारायण नगरपालिका २ खेसरहियामा हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भयो । 


निरन्जन रामको हत्याबारे अनुसन्धान गर्न भन्दै प्रहरीले हिरासतमा लिएका अर्का दलित युवा विजय रामको प्रहरी हिरासतमै यातनाका कारण ज्यान गएको थियो । 

 


त्यस्तै, आइतबार पुनः गढीमाई नगरपालिका ३ लक्ष्मीपुरकी ४० वर्षीया मिन्त्रा देवी बैठाको हत्या भएको छ । १६ दिनमा हत्या गरिएका ४ जनामध्ये ३ जना दलित समुदायका नागरिक छन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.