logo

कृषि ज्ञानकेन्द्रका हाकिम कमिशनको चक्करमा ,पर्साका किसान समस्याको डंगुरमा

      9/1/2020 गते 00 00 मा प्रकाशित     1071   पटक पढिएको

अखिल नेपाल किसान महासंघ पर्साले कृषि ज्ञान केन्द्र पर्सा किसानका समस्याहरु हल गर्न उदासिन रहेको आरोप लगाएको छ । 

 


 मल,वीउ विजन, औजार,सिचाई ,विमा, कृषि ज्ञान परामर्श ,उत्पादनको मुल्य र बजारको उचित ब्यवस्थापन कृषि ज्ञान केन्द्रको कामको क्षेत्र भएपनि त्यसका जिम्मेवार ब्यक्तिहरु कमिशन केन्द्रीत भएकोले पर्साका किसानले समस्या भोग्नु परेको अम्भिर आरोप महासंघले लगाएको छ । 
            
महासंघले पर्साका प्रमुख जिल्ला अधिकारी आशमान तमाङलाई ज्ञापन पत्र बुझाउदै किसानको समस्याहरु हल गर्न अपिल समेत गरेको  छ ।

 

गत आ.ब २०७६।७७ मा नेपालकै इतिहासमाा पहिलो जिल्ला हो १७ करोड रकम फ्रिज भएको तर कर्मचारीले पाउनु पर्ने तलब बाहेकको अतिरिक्त सुबिधा भने ८० प्रतिशत भूक्तानी भएको छ । काम नभएर रकम फ्रिज हुने संस्थामा काम गरेर खाने सुविधा भने सकिएको देखिन्छ । महासंघ पर्साका अध्यक्ष शम्भू पाण्डेले यही बेथितिको बिषयमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको बताउनु भयो ।

 

  कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा.रामचन्द्र यादव विगत डेढ महिना देखि कार्यालयमा उपस्थिति नहुंदा कार्यालयको कतिपय कार्यहरु पनि प्रभावित भएको छ । किसानहरुले लगाएको बालीमा विभिन्न किसिमका रोगहरु देखापर्न थालेपछि किसानहरु परामर्श तथा किटनाशक औषधीको लागि कार्यालयमा पुग्दा कार्यालय प्रमुख डा. यादव कार्यालयमा नभेटदा किसानहरु निरास भएर फर्किन बाध्य भएका छन् ।

 

कृषि ज्ञान केन्द्रमा एक मात्र विशेषज्ञ डा यादवनै भएकोले उहाँ कार्यालयमा नआउदा सेवाग्राही किसानहरु झनै पिडित बनेका छउहाँ  सँग जति सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा आउन नसकेको  किसानको गुनासो रहेको ज्ञापन पत्रमा उल्लेख छ । यादवलाई प्रदेश २ सकारकारका केही मंत्रीले संरक्षण गरेको महासंघले आरोप लगाएको छ । 

 

महासंघ पर्साका अध्यक्ष शम्भु पाण्डेयको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सामा गएका किसानले ज्ञान केन्द्रबाट पाउनुपर्ने परामर्श लगायतको सेवा सहज रुपमा पाउने व्यवस्था मिलाउन प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

 

 पर्साको अधिकाश  भुभागमा धान रोपाई कार्य सम्पन्न भएको छ । यो वर्ष मनसुन सकृय भएकोले समयमा नै खेती त लगाए तर धान  खेतीमा चाहिने मल अभाव  र कृषि ज्ञान केन्द्र पर्सा को परामर्श को कमीले  किसान सडकमा आउन थालेको छन ।

 

नेपाल सरकारले किसानकालागि मल आपुर्ती नगर्ने भारतबाट समेत किसानहरुले मल  ल्याउदा प्रहरी प्रशासनले आपनो नियन्त्रणमा लिने गर्दा किसान अझ आक्रोसित बनाका छन ।

 

 अभ यस्तो घटना नहोस भने प्रहरी प्रमुख लाई अपिल गर्दछु ।  प्रदेश न.२ ले कृषि ज्ञान केन्द्र पर्साको पहिलो चौमासिक मा किसानहरुलाई दिने  जैविक मल तथा तालिम तथा अन्य कार्यक्रम सचालन गर्ने परिपत्र गरे पनि कृषि ज्ञान केन्द्रको कार्यालय प्रमुख  कार्यालयमा नबस्दा किसानले त्यसको प्रतिफल पाउन सकेका छैनन ।

 

महासंघले यस बिषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण होस भन्ने चाहेको अध्यक्ष पाण्डेले बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.