logo

प्रस्तावित निजगढ अन्तराष्ट्रिय बिमानस्थल क्षेत्रभित्र ४८ हजार रुखको गणना सकियो

      9/2/2020 गते 00 00 मा प्रकाशित     812   पटक पढिएको

प्रस्तावित निजगढ अन्तराष्ट्रिय बिमानस्थल क्षेत्रभित्र आईतवारसम्म ४८ हजार ५ सय रुख र पोलको गणना भएको छ ।

असार १६ गतेदेखि शुरु भएको गणना कार्य आईतवारसम्म ४८ हजार ५ सयको सख्यामा रहेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

 

४ ओटा वन प्रााविधिक र मजदुरहरुको टोलीले वन क्षेत्रभित्र रहेका रुख र पोलको गणनागर्ने र नम्बर लगाउने काम गरिरहेको छ । जसमध्ये हालसम्म गणना भएको सख्यामा अधिकाशं पोल रहेको वन अधिकृत मञ्जुर अहमद्ले जनाकारी दिनु भयो  ।

 
वन कार्यालय बाराले ३२ सेन्टिमिटर भन्दा माथि गोलाई भएको सबै विरुवाको गणना गरिरहेको छ । प्राविधिक रुपमा ३२ देखि ९४ सेन्टिमिटर गोलाई भएको बिरुवालाई पोल र सो भन्दा माथिकोलाई रुखको रुपमा परिभाषित गरिन्छ ।

 

विमानस्थलको ८ हजार ४५ हेक्टर  क्षेत्रफल मध्ये १९ सय हेक्टर भुभागलाई १२ ओटा प्लटमा छुटएर पहिलो चरणमा २ सय हेक्टरमा रहेका रुख र पोलको गणना भईरहेको छ ।

 ‘हामी पहिलो चरणमा छुटईएको २ सय हेक्टरको गणनाको अन्तिम चरणमा छौ, अवको साता दिनभित्र यसको वृस्तित तथ्याकं सार्वजनिक हुन्छ’ वन अधिकृतले भन्नु भयो  ।

 

विमानस्थल निर्माणको क्रममा ठूलो संख्यामा रुखहरु कटान हुने भन्दै वातारणविद्हरुले सार्वजनिक रुपमा चर्को आलोचना गरेपछि हाल यो विषय सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ । 


 ‘हामीले शुरु गरेको गणनाले अदालतमा विचाराधिन अवस्थामा रहेको बिमानस्थलको मुद्दा टुंगाउन त मद्दत पुग्छ नै भविष्यमा बिमानस्थल निमार्णको काम अगाडि  बढ्दा रुख काट्नुपर्यो भने रुख सख्या कति छ, पोल कति छ भन्ने जानकारी लिन मद्दत पुर्याउछ’ उहाँले भन्नु भयो  ।

 

वन मन्त्रालयको आदेश र प्रदेश नं २उद्योग,पर्यटन,बन तथा वातावरण मन्त्रालयले अनुमतीमा डिभिजन वन कार्यालय बाराले गणना कार्य शुरु गरेको हो ।

 २ साताअघि पर्यटन मन्त्री योगेश भट्टराईले  एक सार्वजनिक कार्यकम्रमा प्रस्तावित अन्तराष्ट्रिय बिमानस्थल क्षेत्रमा ६० हजार रुखको गणना भईसकेको जनाकारी दिनु भएको थियो  ।

 

तर वन कार्यालय बाराले भने पहिलो चरणमा छुट्टाईएको २ सय हेक्टरमा अनुमानित ५५र५६ हजार मात्रै रुख र पोल रहेको जनाएको छ । हाल ४ ओटा टोलीले प्रतिदिन १ हजार देखि १२ सयको संख्यामा गणना गरिरहेको मधुवन सव डिभिजन वन कार्यालय अधिकृत सत्यदेव यादवले जानकारी दिनु भयो  ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.