logo

भदौ २५ गते सम्म निषेधाज्ञा,बीरगंजमा चौथो पटक निेषेधाज्ञा लम्बियो आलोपालो गरि बजार खुल्ने

      9/3/2020 गते 00 00 मा प्रकाशित     875   पटक पढिएको

पर्साको सदरमुकाम वीरगञ्जमा लागेको निषेधाज्ञा भदौं २५ गतेसम्म लम्बिने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले बिहिबार दिउँसो एउटा सूचना जारी गर्दै आज राति १२ बजेसम्म लगाइएको निषेधाज्ञालाई लम्ब्याएर भदौं २५ गते १२ बजे रातिसम्म गर्न जनाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको हो । निषेधाज्ञा लम्बिएपनि बजार क्षेत्रलाई आलो(पालो गरेर खोल्न दिने बैठकले निर्णय लिएको छ ।

बैठकको निर्णय अनुसार सोमबार, बुधबार र शुक्रबार वीरगञ्जको मुख्य बजारमा रहेका पूर्वतर्फ र दक्षिणतर्फ फर्केका पसलहरु खोल्न पाइनेछ भने आइतबार, मंगलबार र बिहिबार बजारमा रहेको पश्चिमतर्फ र उत्तरतर्फ फर्केका पसलहरु खोल्न पाइनेछ ।


यस अघि बीरगंजमा भदौ ११ गते निषेधाज्ञा घोषणा भएको थियो । भदौ १९ गते जिल्ला भरि निषेधाज्ञा घोषणा भएकोमा भदौ १३ देखी बीरगंजमा मात्र निषेधाज्ञा सिमीत गरिएको थियो । 


त्यसैगरी घण्टाघर निजैकै रहेको रेलवेको जग्गामा फलफूल र तरकारी पसल दैनिक रुपमा खोल्न पाइने प्रशासनले जनाएको छ । पसल खोल्दा कम्तिमा पनि १५ फिटको दूरी बनाएर घण्टाघर चोकदेखि २ सय मिटर रहेको स्कुलदेखि दक्षिणतर्फ एक तर्फी रुपमा मात्र पसलहरु खोल्नुपर्ने प्रशासनको निर्देशन छ ।

मुख्य बजारका पसलहरु बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न पाइनेछ भने फलफूल र तरकारी पसलहरु बिहान ५ बजेदेखि ८ बजेसम्म मात्र खोल्न पाइने छ । तरकारी(फलफूलदेखि बजार क्षेत्रका पसलका सम्पूर्ण पसलहरु शनिबार बन्द गरेर राख्नुपर्ने प्रशासनले निर्देशन दिएको छ ।


त्यस्तै जिल्लाभित्र सम्पूर्ण प्रकारका निजि तथा सार्वजनिक यात्रुवाहक सवारी साधनहरु अर्को सूचना नआएसम्म सञ्चालनमा रोक लगाइएको छ । कुनै पनि मेला, महोत्सव, जात्रा, ठूलो भेना, भिडभाड, सभा जुलुस र चार जना भन्दा बढी समुह बनाएर एकै ठाउँमा जम्म हुन् पाइने छैन ।

परमपरागत रुपमा भई आइरहेको दैनिक रुपका आन्तरिक नित्य पूजा बहेका सम्पूर्ण धार्मिक संस्कृतिक गतिबिधिहरु समेत सञ्चालन गर्न पाइने छैन ।

सम्पूर्ण शैक्षिक संस्था, सैलुन, ब्युटी पार्लर, जिम, क्लब, स्वीमिङ्गपूल, समुहमा खेलिने खेलमा समेत रोक लगाईएको छ भने होटल रेस्टुराँ सञ्चालनसमेत गर्न पाइने छैन ।

प्रशासनले १२ वर्ष मुनि र ६० वर्षमाथि र कुनैपनि गम्भीर किसिमको दिर्घरोगिलाई घरबाट बाहिर ननिस्किक्न विशेष अनुरोध गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.