logo

अस्पतालको छानविन समिति प्रति अबिश्वास गर्दै बीरगंजमा मृतकका आफन्तजनद्वारा प्रर्दशन

      9/10/2020 गते 00 00 मा प्रकाशित     776   पटक पढिएको

बाराको कोल्हवी नगरपालिका ४ सपहीका २३ वर्षीय विक्रम चौधरीको उपचार अभावमा मृत्यु भएको भन्दै आफन्तजनले अवाज उठाएपछि अस्पतालले निर्माण गरेको छानविन समिति प्रति अश्विास गर्दै बीरगंजमा मृतकका आफन्तजनले प्रर्दशन गरेका छन । 

भदौं २१ गते आइतबार दिउँसो अस्पताल भर्ना भएका चौधरीले उपचार नपाउँदा ज्यान गएको आफन्तजनले दावी गरेका छन् । छाति र श्वासप्रश्वासको समस्या देखिएपछि चौधरीलाई २१ गते दिउँसो अस्पताल पु¥याइएको थियो । चौधरीको मृत्यु पछि आफन्तजनले छानविनको माँग गरेर आन्दोलन गरिरहेका छन ।

 

यसैवीच अस्पतालले घट्ना बारे अनुसन्धान गर्न डा.  राम पुकार साहको संयोजकत्वमा अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसिया डा. सरोज कुमार सिंह सदस्य रहेको समिति बनाएको थियो । तीन दिन भित्र रिपोर्ट दिने समयसीमा निर्धारण गरेर बनाइएको समितिले आज प्रतिवेदन बुझाउने छ । 

 


मृतकका आफन्तजनले यही समिति प्रति बिश्वास नरहेको भन्दै भदौ २५ गते बीरगंजमा प्रर्दशन गरेका हुन  । मृतक चौधरीका आफन्तले अस्पताल भित्र प्रदर्शन गरेका थिए ।


 घट्ना बारे अनुसन्धान गर्न अस्पतालले गठन गरेको छानविन समिति मान्य नहुने उनीहरुले बताउँदै आएका छन् । उनीहरुले परिवारका सदस्य, विज्ञ चिकित्सक  सहितको  छानविन समिति गठन गर्न समेत माग गरेका छन् । बिक्रमका दाजु अनिल चौधरीले भने चुप लागेर बस्दा न्याय नपाउने स्थिति देखिएपछि सरोकारवालाको ध्यानाकर्षण गराएको बताउनु भयो  ।

 

उहाँले आफनो भाइको ज्यान गएको बिषयलाई चुप लागेर सहेर बस्न सक्ने अवस्था नरहेको बताउनु भयो । त्यसैले आफन्त र शुभचिन्तकहरुमार्फत सरोकारवालाको ध्यानाकर्षण गराएका हौं उहाँले भन्नु भयो । 

त्यसैगरी उनीहरुले अस्पतालको सीसीटीभी फुटेज हेरेर अनुसन्धान गर्नुपर्ने र छानवीनमा ढिलासुस्ती गर्न नहुने माग राखेका छन् । मृतकका आफन्तजनले अस्पतालले दोषीलाई बचाउने षडयन्त्र गरेको आरोपसमेत लगाएका छन् । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.