logo

नेपालका प्रथम जननिर्वाचित प्रधानमंत्री स्व. कोइरालाको स्मरणमा बृक्षारोपण

      9/11/2020 गते 00 00 मा प्रकाशित     750   पटक पढिएको

नेपालका प्रथम जननिर्वाचित प्रधानमंत्री बि.पी कोइरालको १०७ औ जन्म जयन्तीको अवसरमा नेपाल बिद्यार्थी संघ पर्साले शुक्रवार बिहान बृक्षारोपण  गरेको छ ।

 

बीरगंज महानगरको वडा नं १५ मा रहेको नृसिंह माध्यामिक बिद्यालयमाको प्राङ्गणमा  आयोजना गरिएको बृक्षारोपण  कार्यक्रममा नेपालको राजनीति र र साहित्यमा पनि उत्तिकै योगदान दिनु भएका स्व. कोइरालाको बारेमा बिभिन्न वक्ताहरुले चर्चा गरेका थिए । 

 


स्व. कोइरालाको नेतृत्वमा नै रैतीलाई नागरिक बनाउने नेपाली लोकतानित्रक आन्दोलनको शंखघोष भएको थियो । आज नेपाली नागरिक मुलुकको मालिक बनेका छन ।

 

रैती र प्रजा भनेर भन्नेहरु इतिहासको गर्तमा बिलिन भएका छन । यो अवस्थाको स्थापनामा स्व.कोइरालाको बिशेष योगदान रहेको भन्दै वक्ताहरुले उहाँप्रति श्रद्धा सुमन अर्पण गरेका थिए । 


ने बि संघ पर्साका अध्यक्ष बिश्वास रन्जन द्विवेदीको सभापतित्वमा भएको कार्यक्रमका   नेपाली कांग्रेसको नेता  सम्बिधान सभाका सदस्य अनिल रुङ्टा,नेपाली कांग्रेस  पर्सा उपसभापति प्रकाश उपाध्यय,जिल्ला सचिव श्याम पटेल ,सहसचिवद्वय रोशन लामिछाने,किरण सरकार,जिल्ला सदस्य रामबाबु पटेल,बैकुण्ठ श्रीवास्तव  सुधिर पटेल, नेबसंघ पर्साका उपाध्यक्ष बिकेश पटेल,सचिव प्रभात सिंह,सहसचिव इन्द्राशन लगायतको सहभागिता रहेको थियो  कार्यक्रममा  राज प्राताप सिंह र मुन्ना गुप्ताले औपचारिक रुपामा  कांग्रेसको सदस्यता ग्रहण गर्दै पार्टी प्रबेश गरेका थिए। कार्यक्रमको संचालन नेबिसंघ पर्साका सचिव  प्रभात सिंहले गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.