logo

पोखरियाका नागरिक अगुवा चौरसियामाथि सार्वजनीक जमिन अतिक्रमणको आरोप, न्यायीक निरुपण गर्न नगरपालिकालाई आग्रह

      9/13/2020 गते 00 00 मा प्रकाशित     1142   पटक पढिएको

पोखारिया नपा वडा ४ का बद्री चौरसियाले आफनो घर निर्माण गर्ने क्रममा सार्वजनीक जग्गा अतिक्रमण गरेको स्थानीयले आरोप लगाएका छन ।

 

 चौरसियाले घर निर्माणकालागि नगरपालिकाले दिनु पर्ने अनुमती समेत नलिएको उनीहरुको गुनासो छ । घर निर्माण गर्दा  भवन संहिता अनुरुप प्रक्रिया पुरा गर्नु पर्छ नगरपालिकाले त्यो पुरा गर्ने शर्तमा घर निर्माणको अनुमती दिने गर्दछ । चौरसियाले नगरपालिकाबाट त्यस्तो अनुमती नलिएको स्थानीयको अरोप छ । यद्धपी घर निर्माणको निवेदन चौरसियाले दुई वर्ष अगाडि नगरपालिकामा दिएको देखिन्छ । तर नगरपालिकाबाट नक्सा पास भने भएको छैन । 

 


चौरसियाले र्दु वर्ष अगाडि घर निर्माणकालागि निवेदन दिने बेलामा  पोखरिया नगरपालिका वडा नं ४ का राजेश मिश्रले पनि ०७५ चैत ९ गते जग्गा अतिक्रमण भएको भन्दै अतिक्रमण हटाउन माँग राखेर निवेदन दिनु भएको थियो  । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ३१ को (ख) बमोजिम धार्मिक स्थल, सार्वजनिक जग्गा, बाटो र नाला आदि संरक्षणको अधिकार र दायित्व स्थानीय सरकारको हुने भएकोले मिश्रले अतिmक्रमणमुक्त गराउन माँग गरेर उजुरी दर्ता गराउनु भएको थियो ।

 


यस वीच नगरप्रमुख दीपनाराण रौनीयार, राजेश मिश्र र बद्री चौरसियाको वीचमा त्रिपक्षीय वार्ता समेत भयो । ०७५ चैतको दोश्रो सातामा भएको छलफलमा २०२१ सालको नक्सालाई मान्यता दिने कुरामा सहमती भएको थियो  ।  त्यही छलफलमा नक्सा पास नगरि निर्माण कार्य पनि कुनै हालतमा नहुने प्रमुख रौनीयारले बताउनु भएको थियोे ।

 

चौरसियाले आफ्नो स्वामित्वमा रहेको कि.नं. ४७ र ४८ को पूर्व पट्टी १० फिट चौडाइ र करिब ९० फिट लम्बार्ई सम्मको जमिन अतिक्रमण गरेको स्थानीयको आरोप छ । स्थानीयले यो बिषयमा नगरपालिकाको न्यायीक समिति , जिल्ला प्रशासन कार्यालय पर्सामा  ०७७ भदौ ५ गते पनि निवेदन गरेका छन । कोरोना महामारीको संकटको बेलामा अदालत नखुलेकोले निवेदकहरुले अदालत जान नपाएको बताएका छन । 

 


यो बिषयमा बिवादीत जग्गामै सम्बिधान सभाका सदस्य प्रदुम्न चौहान र स्थानीय भद्र भलाद्मी बसेर छलपल भएको पनि छ । छलफलले निकालेको निष्कार्ष चौरसियाले नमानेको निवेदकको आरोप छ । 


चौरसियाले पोखरयिा नगरपालिकाको न्यायीक समितिलाई लेख्नु भएको प्रतिउत्तरपत्रमा भने आफूले नयाँ घर निर्माण गरेको नभई पुरानै घर निर्माण गरेको दावी लिनु भएको छ । निवेदकहरुले रिसराग राखेर दुःख दिने नियतले निवेदन  दिएको र आफूले सार्वजनीक जमिन अतिक्रमण पनि नगरेको उहाँले दावी लिनु भएको छ । 


निवेदकहरुले लिएको दावी अनुसार नयाँ नक्सामा कित्ताकाट गरेर नै सार्वजनीक जमिन अतिक्रमण भएको छ । ०५६ साल हालसावीक गराउदा कित्ताकाट भएको उनीहरुको दावी छ । 


नयाँ र पुरानो नक्सा सहितको दावी लिएर नगरपालिकाको न्यायीक समिति सम्म उजुरी पुग्दा समेत सार्वजनीक जमिन हो होइन यकिन गर्ने बिषयमा नगरपालिकाले चासो नलिएको निवेदकहरुको गुनासो छ । उजुरीकर्ताहरु रामरिश चौहान, र दिनेश मिश्र सहित स्थानीयले  नगरपालिकालाई अनिर्णय बन्दी बनेर बस्ने नभई समस्याको हल खोज्न आग्रह गरेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.