logo

पहिलो पटक सुरक्षा निकाय र जनप्रतिनिधिद्वारा पर्साको सीमा निरिक्षण, भारतीय नागरिकको प्रवेश रोक्न आग्रह 

      9/15/2020 गते 00 00 मा प्रकाशित     672   पटक पढिएको

सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक डिआईजी कृष्ण भक्त ब्रह्मचार्यको नेतृत्वमा सशस्त्र प्रहरी ,जनप्रतिनिधि र पत्रकारको टोलीले पर्सा जिल्लाको भारत तर्फ सीमा जोडिएको क्षेत्रको स्थलगत निरिक्षण गरेको छ । 


निषेधाज्ञा खुकुलो हुदै गएपछि भारत तर्फबाट भारतीय नागरिको नेपाल प्रवेश रोक्नकालागि सीमाको निरिक्षण गरिएको सशस्त्र प्रहरीका एक अधिकारीले बताएका छन । 


ब्रह्मचार्यको टोलीमा प्रतिनिधि सभाका सदस्य लक्षमणलाल कर्ण, प्रदीप यादव जिल्ला समन्वय समितिका सभापति नेक महम्मद मिया नेपाल पत्रकार महासंघ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहान सशस्त्र प्रहरी पर्साका प्रमुख राजेन्द्र खड्का लगायतको सहभागिता रहेको छ । टोलीमा सहभागि साँसदहरुले कोरोना कहर नियन्त्रण रोकथामकालागि भारतीय नागरिकको नेपाल प्रवेशलाई रोेक्न सीमामा खटिएका प्रहरीलाई सभाउन नागरिकलाई अपिल गरेको बुझिएको छ ।  

 

सीमा क्षेत्रलाई अझ बढी नियमित गर्न भारतीय नागरिकको नेपाल प्रवेशलाई थप कडा गर्नकालागि शस्त्र प्रहरीले पर्सामा थप १० ओटा बोर्डर आउट पोष्ट स्थापना गर्ने तयारी गरेको छ । त्यसकोलागि पनि स्थानीय नागरिकको सहयोग जुटाउन यो भ्रमणको उद्धेश्य रहेको ति अधिकारीले बताएका छन । 


कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी सरकारले सीमा सिल गरेपनी खुला सीमाको कारण भारतबाट नेपाल तर्फ मानिसको आवात जावत तथा अवैध चोरी पैठारीलाई नियन्त्रण गर्न यो भ्रमण फदायी हुने बिश्वास गरिएको छ ।

 

प्रहरीको टोलीसंगै निर्वाचित साँसद जिल्ला सभापति पनि अनुगमनमा निस्केर नागरिक र कर छलेर नेपाल भित्रिने बस्तुको अनधिकृत कोरोवार नियन्त्रणकोलागि नागरिक सहयोग जुटाउने यो पर्सामा पहिलो प्रयास गरिएको छ । यसले कोरोना संक्रमणबाट र पर्साका नागरिकको रक्षा र तस्कर िनियन्त्रण गरेर राष्ट्रीय राज्सव संकलनमा बृद्धि हुने अपेक्षा गरिएको छ ।

 

 टोलीले  वीरगञ्जको मुख्य भन्सार नाका मितेरी पुल  इनर्वा, बलिरामपुर, छपकैया, भिस्वा, जानकीटोला भिस्वा लगाएतका नाकामा पुगेर अहिलेको अवस्था र भोलीका दिनमा आउन सक्ने समस्याका बारेमा बिश्लेषण गरेका छन  । 

निरीक्षणका क्रममा पर्साका सांसद लक्षमणलाल कर्ण, प्रदिप यादव, पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला समन्वय समितीका सभापति नेक महमद अंसारी, सशस्त्र प्रहरी उपरीक्षक राजेंद्र खडका लगाएतको उपस्थिति रहेको रहेको छ

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.