logo

बानिया निर्माणसेवाका इन्जिनियरलाई स्थानीयको दर्जनौ सवाल, हुलाकी राजमार्गमा खेलवाड गरेको भन्दै स्थानीयले गरे अवरोध 

      9/16/2020 गते 00 00 मा प्रकाशित     639   पटक पढिएको

पिच सडकमा खाल्डो किन रु यो खाल्डो ठिक हो  ?  तपाई जवाफ दिन सक्नु हुन्छ ? कुनै काम गरेपछि त्यसको जवाफदेही हुनु पर्छ की पर्दैन ?  रोलीङ कस्तो भयो ?  तपाईलाई लाज लाग्दैन ?  यो ट्रयाल गरेको भन्न मिल्छ ?यि प्रश्न स्थानीय उपभोक्ताले बानिया निर्माण सेवाका इन्जियिर गौरब झालाई सोधेका हुन ।

 

बिजयबस्ती सडकखण्डमा  हुलाकी राजमार्गमा भइरहेको पिच निर्माणको काममा निर्माण पक्षले गुणस्तरहीन काम गरेपछि निर्माणस्थलमै पुगेर स्थानीयले यस्तो प्रश्न गरेका हुन ।  निर्माणको प्राविधिक रेखदेखमा संलग्न इन्जिनियर झा स्थानीय नागरिकको चित्त बुझदो जवाफ दिन सफल हुनु भएन ।

 

बरु उहाँले सडकको पिच बनाउने क्रममा आफूहरुबाट गलत भएको स्वीकार गर्नु भयो । स्थानीय नागरिकले बानिया निर्माण सेवाले  हुलाकी राजमार्ग निर्माणमा देखाएको लापरवाहीको ठोरी गाउँपालिका ४ का नागरिकले पटक पटक खवरदारी गरेका छन ।

 

सडकको अन्तिम पिच हुदा समेत झारा टार्ने काम भएको भन्दै स्थानीयले बानिया निर्माण सेवाले गर्नलागेको काममा रोक लगाएका  छन  । पटक पटक नागरिकले खवरदारी गर्दा पनि सडक निर्माणको बिषयमा निर्माण पक्षले खेलवाड गरेको भन्दै स्थानीयले आलोचना गरेका छन । 

 

इन्द्र बहादुर बानिया यो निर्माण कम्पनीका संचालक हुन । बानिया बाग्मती प्रदेशको प्रदेश सभामा बिपक्षीदलका नेता हुन । मुलुकको पूर्व गृहराज्यमंत्री समेत भइसकेका ब्यक्ति हुन । राजनीतिलाई आफनो पेशाको संरक्षणकालागि उपयोग गरेका बानियाले बाहिर बिकास निर्माणको बारेमा राम्रो भाषण गर्छन ।

 

तर आफूले निर्माणको जिम्मेवारी पाएको ठाउमा कमसल समाग्रीको प्रयोग गरेर गुणस्तरहिन निर्माण गर्छन । बानियको निर्माण सेवाको यही रबैयाका कारण ठोरी गाउँपालिकामा पटक पटक निर्माण पक्षका मानिस संग स्थानीयको द्वण्द्व हुदै आएको छ ।

 

२० भदौमा नेता बानियालाई ठोरीमा नेपाली कांग्रेसले भब्य स्वागत समेत गरेको थियो । उनले त्यतीबेला साना तिना कुरामा बिवाद नगरेर सडक निर्माणमा सहयोग पुर्याउन आग्रह गरेका थिए । एकातिर बानिया आफै विवाद नगर्न भन्दै आग्रह गर्दै हिड्छन अर्को तर्फ निर्माणको काममा गुणस्तरीयता कायम गर्न चाहदैनन ।

 

उनको त्यो आग्रहका कारण चुप लागेको भए आज पिच निर्माणमा भएको गुणस्तरहिनताको पर्दाफाश भने हुने थिएन । आफनो ठाउको निर्माण कार्यमा स्थानीयले देखाएको चासोले गुणात्मक निर्माण गर्न बानिया  निर्माण सेवा बाध्य हुने छ । 

 

निर्माणाधीन हुलाकी सडकको बिजयबस्ती खण्डमा दोश्रो तथा अन्तिम लेयर बिछ्याउने क्रममा खाल्डाखुल्डी रहेको र बाटो सफा नगरी माटो, गोबरमाथी नै अन्तिम लेयर ९मसिनो गिट्टी सहितको कालोपत्र० बिछ्याइएको भन्दै स्थानीयले अवरोध गरेका हुन ।

 

अन्तिम कालोपत्रेमा पानी पस्ने खाल्डाखुल्डी रहेको र राम्रो फिनिसिङ नआएको र बाटो सफा नगरीकन माटोमाथी नै कालोपत्रे बिछ्याइएको बानियाँ कन्ट्रक्सनका इन्जिनियरहरुले स्वीकार समेत गरेका छ्न ।

बिजयबस्तीको पेट्रोल पम्प अगाडिबाट सुरु भएको अन्तिम लेयर बिछ्याउने कार्यमा त्रुटी भएको भन्दै बानियाँ कन्ट्रकसनका उद्धव नेउपानेले हुलाकी सडकको स्तर अवलोकन गर्ने भारतीय इन्जिनियर  बोलाउने र स्थानीय संग छ्लफल गराई गुणस्तरीय पिच बनाउने गरि अघि बढ्ने बताएका छ्न ।

 


बाटो सफा नगरी कालोपत्रे बिछ्याइएको सन्दर्भमा उनले अब त्यस्तो गल्ती नदोहोर्‍याउने र पिच गर्न बांकी रहेको स्थानमा पानी र एयर कम्प्रेसरको माध्यमले सफा गरेर मात्र काम अघि बढाउने पनि बताएका छ्न ।

 

नेउपानेले बाटो सफा गरेर मात्र कालोपत्रे बिछ्याउने बताएपछि पानी र एयर कम्प्रेसरको माद्यमबाट अहिले बाटो सफा गर्ने कार्य भइरहेको भएपनी कालोपत्रे बिछ्याउने काम भने सडकको स्तर जाँच गर्ने इन्जिनियर नआउन्जेलका लागि रोकिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.