नेकपा पर्सामा ५१ जना जिल्ला कमिटीका सदस्यले ज्ञापनपत्र पेश गरेर जिल्ला कमिटीको बैठकको माँग गरेका छन । पार्टी एकतापछि बनेको एकिकृत कमिटीको बैठक बस्न नसकेको भन्दै ५१ जनाले हस्ताक्षर गरेर पार्टीको जिल्ला कमिटीको बैठक माँग गरेका छन ।
कोरोना हटस्पट बनेको पर्सा जिल्लामा जनताको जीवन रक्षाको निम्ति पार्टीले केही काम गर्न नसकेको ,पर्सामा जिल्ला कमिटिले पूर्णता पाई सपथ ग्रहण भएको एक वर्ष वितिसक्दा जिल्ला कमिटिको एउटा पनि बैठक बस्न नसकेको, सचिवालय गठन हुन नसकेको, जिल्ला कमिटी सदस्यको कार्य विभाजन नभएको, जिल्लामा रहेका अधिकांश पालिका कमिटीहरुले पूर्णता नपाएको, पाइसकेकाहरुको पनि सपथ हुन नसकेको भन्दै उनीहरुले बैठकको माँग गरेका छन ।
असन्तुष्ट जिल्ला सदस्यहरुले बैठकको बिषयमा पार्टीको बिधानले गरेको ब्यवस्थाको हवाला दिदै बैठक माँग गरेका छन ।
पार्टीको अन्तरिम विधान २०७५ को धारा ५९ को (क) १ बमोजिम जिल्ला कमिटीको बैठक २र२ महिनामा बस्नुपर्ने व्यवस्था छ । विधानकै धारा ५९ कै (क) को ४ बमोजिम २५ प्रतिशत जिल्ला कमिटी सदस्यहरुले जिल्ला कमिटिको बैठक बोलाउन माग गर्न सक्ने व्यवस्था छ । तर अहिले पार्टीको केद्य्रीय कमिटीले नै मातहतका कमिटीको बैठक भेला भिडभाड हुनु पर्ने अन्य काम रोकेको छ ।
यो बेलामा बैधानिक ब्यवस्थाको वकालत गरेर पार्टी केन्द्र र सरकारको निर्णयको खिलाफ नेकपा पर्साको ५१ जना सदस्यले किन पार्टीको बैठक माँग गरेका हुन भन्ने प्रश्न उठेको छ । जिल्ला सदस्य राघव साहको नेतृत्वमा उनीहरुले पार्टी अध्यक्ष प्रभू हजरालाई ज्ञापन बुझाउदै बैठक माँग गरेका हुन ।
स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सभा गोष्ठी भेला सेमिनार गर्न रोक लगाएको छ । शैलुन समेत चल्न दिएको छैन यस्तोमा १ सय ६५ सदस्यीय जिल्ला कमिटिको बैठक राख भन्दै सत्तारुढ दलका नेताहरु नै सरकारी निर्णयको हुर्मत लिन किन उत्साहित भएका हुन भन्ने प्रश्न समेत उठेको छ ।
प्रदेश नं २ मा पार्टी संगठन भित्रै बिवाद छ । संगठन बिभाग प्रमुख बामदेव गौतमको संयोजकत्वमा प्रदेश २ को बिवाद मिलाउनकालागि समिति बनेको छ ।
पार्टीका कतिपय काममा समितिले नै रोक लगाएको छ । पर्सा जिल्लामा सबै पालिकामा पार्टीको तर्फबाट जिम्मेवारी तोकिएको छ । छिपहरमाई, जिराभवानी र ठोरीमा बिवाद भएकोले शपथग्रहणको काम भएको छैन त्यो बिवाद पनि कृत्रिम विवादको रुमा रहेको छ ।
पार्टीका पर्सा अध्यक्ष प्रभू हजराले पार्टीको निर्देशन अनुसार नै बैठक नडाकिएको बताउनु भयो । अध्यक्ष हजराले पार्टीको जीवनलाई संस्थागत र सुबिचारित रुपमा संचालन गर्न बैठक आवश्यक छ त्यसबाट भाग्ने कुरा हुदैन भन्नु भयो । उहाँले तर मुलुकको अवस्था असमान्य रहेको कुरालाई बुझ्न जरुरी रहेको उहाँको भनाई छ ।
पार्टीको पर्सा जिल्ला कमिटीको बैठक राख्दा जिल्ला कमिटी सदस्य प्रदेश कमिटी सदस्य र केन्द्रीय सदस्यहरु गर्दा करिब २ सया जनाको संख्या हुन्छ अहिलेको अवस्थामा यत्रो संख्या बैठक राख्ने कुरा पार्टीले इजाजत नदिएको उहाँले बताउनु भयो । उहाँले साथीहरुले बैठक माग गरेर ज्ञापन दिनु भएको छ यो बिषयमा माथिल्लो कमिटीमा पनि जानकारी गराइएको छ पार्टीको माथिल्लो अकिटीले आवश्यक निर्देशन दिने उहाँले बताउनु भयो ।
तपाईको प्रतिक्रिया