logo

सरकारले बिद्यालय संचालनको प्रोटोकोल नबनाउदै बिद्यालय संचालन गर्दा समस्या आउने तर्फ सचेत हुन महानगर प्रमुखको आग्रह

      10/12/2020 गते 00 00 मा प्रकाशित     926   पटक पढिएको

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले सरकारले बिद्यालय संचालनको प्रोटोकल नबनाउदा सम्म बिद्यालय संचालन गर्न कठिन हुने बताउनु भएको छ ।

 

कार्तिक ११ गते बाट बिद्यालय संचालन हुने समाचार प्रकाशमा आएपछि इसीमानाले महानगर प्रमुख सरवागीसंग राखेको जिज्ञासामा उहाँले यस्तो बताउनु भएको हो । 


बिश्व स्वास्थ्य संगठनले जारी गरेको प्रोटोकोलका आधारमा वालवालिका कोरोनाको जोखिममा नपर्ने गरि बिद्यालय संचालनको लागि महानगरले पनि बिभिन्न बिकल्पका साथ जिम्मेवार निकायमा पत्राचार गरेको उहाँले जानकारी दिनु भयो  ।

 

सरकारले जारी गरेको ऐन नियम कानून र कतिपय आदेशहरुको पालना नगर्दा जो कोही पनि कारवाहीमा पर्न सक्ने बताउदै महानगर प्रमुख सरावगीले संघ सरकारले बिद्यालय खोल्न इजाजत नदिदै खोल्ने काम गरियो भने त्याहा कारवाही हुनु स्वभाविक हुने बताउनु भयो । 

 


शिक्षालय संचालनको प्रमुख जिम्मेवार स्थानीय सरकार नै हो उहाँले भन्नु भयो त्यस हिसावले बिद्यालयहरु संचालनको ब्यवस्थापनको जिम्म हामी संगै छ हामी पनि बिद्यालय संचालन होस भन्ने पक्षमा छौ तर यो स्वास्थ्य संकटको अवस्थामा महानगरले मात्र निर्णय गरेर नहुने भएकोले हामी सरकारको प्रोटेकोलको प्रतिक्षामा छौ ।


मुलुकमा कतिपय स्थानमा संचालनमा आएका बिद्यालयहरु पछिल्लो अवस्थामा बन्द गरिएका छन । कोरोना भाइरसको संक्रमण दर दिनदिनै बढेको छ । यस्तो अवस्थामा बिद्यालयमा वालवालिकालाई उचित ब्यवस्थापन बिना बोलाउनु झनै जोखिमपूर्ण हुने अवस्था छ । 


बीरगंजमा शनिवार संघीय सासद, राजनीतिक दलका प्रतिनिधि र शिक्षण संस्थाका संचालक तथा अभिभावकको भेलाले कार्तिक ११ गते देखि शिक्षण संस्था संचालनको निर्णय गरेको छ । शिक्षण संस्था संचालनको निर्देशन गर्ने स्थानीय सरकार र  केन्द्रीय सरकारको प्रतिनिधिको अभावमा गरिएको निर्णयले बैद्यता पाउने कुरामै शंका छ ।

 

सासँदको सहभागितामा भएको निर्णय र निर्वाचन क्षेत्रको बिद्यालय खोल्ने हो की जिल्ला भरिको बिद्यालय खोल्ने भन्ने अन्यौलता पनि छ । बैद्यताको प्रश्न उठने गरि निर्णय गर्नुृ भन्दा त सांसदले केन्द्र सरकारसंग सम्वाद गरेर बिद्यालय संचालनको प्रोटोकोल जारी गराउनु पर्ने बिज्ञहरुको सुझाव छ ।

 

चाडपर्वको बेलामा बिद्यार्थीको मनस्थिति पनि बिद्यालय जाने खालको हुदैन । त्यसमाथि कोरोनाको कहरमा बिद्यार्थीहरुको बिद्यालय जाने कुरा कति सुरक्षीत हुन्छ भन्ने कुराको सुनिश्चितता नहुदा बिदार्थीहरु जोखिममा पर्ने डर रहिरहने भएकोले पनि बिचार पुर्याउनु पर्ने अवस्था रहेको टिप्पणी हुन थालेको छ । 


कतिपयले सर्वपक्षीय बैठकको हवाला दिएर बिद्यालय खोल्ने निर्णय प्रति नै चुनौती दिएका छन । स्वास्थ्य संकटको बेलामा संक्रमण नियन्त्रण र रोकथामको सम्पूर्ण अधिकार बोकेको स्थानीय प्रशासनले समेत बिद्यालय खोल्ने इजाजत नदिएको अवस्थामा शिक्षकहरु नेताहरु बिद्यालय खोलेर वालवालिकालाई जोखिममा पार्न किन अग्रसर हुदै छन भन्ने प्रश्न उठेको छ । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.