logo

डा.सिंहको नेतृत्वमा सर्लाही जिल्ला प्रहरी कार्यालयमा ढुगामुढा झडमा २ डिएसपी सहित २६ प्रहरी घाइते

      10/14/2020 गते 00 00 मा प्रकाशित     644   पटक पढिएको

सर्लाहीमा प्रर्दशनकारीसंगको झडपमा परि २ डिएसपी सहित २२ नेपाल प्रहरी र ४ जना शसस्त्र प्रहरी पनि घाइते भएका छन ।

 

नेपाली कांग्रेसका सासद डा. अमरेश कुमार सिंहको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय घेराउ गर्न गएका समुहसंग प्रहरीको झडप भएको हो ।

 

झडपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी मदन कुँवर, इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी उद्धवसिंह भाट, सशस्त्र प्रहरीका इन्सपेक्टर राजकुमार झासहित नेपाल प्रहरी र शस्सत्र प्रहरीका २६ प्रहरी घाइते भएका हुन्।

रामनगर ७ सिसौटका महेन्द्र रामको हत्याको विषयमा बुधबार प्रहरी कार्यालय घेराउ गर्न सांसद अमरेशकुमार सिंहसहितको समूह पुगेको थियो। त्यसक्रममा प्रदर्शनकारीले प्रहरी कार्यालयमा ढुंगा हानेपछि झडप भएको प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताउनु भयो।

 

कुँवरको छातीमा चोट लागेको छ भने भाटको हातका औंलाहरू भाँचिएका छन्। उनीहरूसहित अन्य प्रहरीको जिल्ला अस्पताल सर्लाहीमा उपचार भइरहेको छ।

 

जिल्ला प्रहरी कार्यालय घेराउका क्रममा ढुंगा प्रहार हुँदा प्रहरी कार्यालयका सिसाहरू फुटेका छन्। सशस्त्र प्रहरीका १८ वटा ट्रान्सपारेन्ट सिल र नेपाल प्रहरीका १३ ट्रान्सपारेन्ट सिल भाँचिएका छन्। सयौं मानिसले घेराउ थालेपछि सशस्त्र प्रहरी बलबाट डिएसपी सरोज खड्काको नेतृत्वमा एक सय प्रहरी मद्दतका लागि बोलाइएको थियो।

 

सिसौटमा गत असोज २१ गते बारीमा घिरौंला टिपेको विषयमा दुई पक्षबीच ढुंगा हानाहान भएको थियो। स्थानीय चन्दुनन्न महरा र विनोद महरा पक्षबीच ढुंगा हानाहान हुँदा ६५ वर्षीय महेन्द्र घाइते हनु भएको थियो।उहाँको उपचारको क्रममा वीरगन्जस्थित  इन्डो नेपाल अस्पतालमा भोलिपल्ट २२ गते मृत्यु भएको थियो। मृत्युपछि आफन्तले १० लाख रुपैयाँ क्षतिपूर्ति, सहिद घोषणालगायत माग गरेका छन्।

उक्त घटनामा एक महिला र दुई पुरुष पक्राउ परेका छन्। तर, आन्दोलनकारीले भने अन्य ९ जनाको नाम पनि समावेश गरेर जाहेरी दरखास्त दर्ता गर्नुपर्ने दबाब दिएका छन्। ती अन्य नाम भने घटनामा संलग्न नभएकाहरूको रहेकाले जाहेरी दर्ता गर्न नसकिने प्रहरीले बताउँदै आएको छ।प्रहरीको लाठी चार्जबाट ५० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएको प्रदेश सभाका सदस्य बीरेन्द्र सिंहले जानकारी दिनु भयो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.