logo

बहुदरमाईका नागरिकलाई निशुल्क रगत उपलब्ध गराइनेछः नगरप्रमुख साह

      10/15/2020 गते 00 00 मा प्रकाशित     707   पटक पढिएको

बहुदरमाई नगरपालिकाले नगरपालिका भित्रका नागरिकलाई निशुल्क रगत उपलब्ध गराउने भएको छ । नेपाल रेडक्रस सोसाइटी रामनगरि उपशाखाको अधिवशेनको उद्धघाटन समारोहलाई सम्बोधन गर्दै बहुदरमाई नगरपाकिलाका प्रमुख नितेन्द्र साहले यस्तो घोषणा गर्नु भएको हो । 


उहाँले रगतको अभावमा कसैले समस्या भोग्नु नपर्ने र त्यसको सम्पूर्ण ब्यवस्थापन नगरपालिकाले गर्ने बताउनु भयो । उहाँले रगत उपलब्ध गराउदा लाग्ने सम्पूर्ण रकम नगरपालिकाले भूक्तान गर्ने स्पष्ट पार्नु भयो । 


उहाँले रामनगरी लगायत नगरपालिका भित्र रहेका रेडक्रसका उपशाखाहरुलाई पनि स्तारोउननतीकोलागि सहयोग उपलब्ध गराउने आश्वासन दिनु भयो । 


उहाँले  विपद् व्यवस्थापनका लागि कोष खडा गर्ने र रेडक्रस उपशाखाको समन्वयमा विपद् व्यवस्थापनका कार्यहरु गर्ने समेत घषणा गर्नु भयो ।

 

अधिवेशनले उपशाखाको नयाँ समिति समेत निर्माण गरेको छ । समितको सभापतिमा  हरिन्द्र प्रसाद ,उपसभापति  सुष्मा पाठक , सचिवमा जयनरेश साह ,उपसचिवमा राघेश्याम राम  ,कोषाध्यक्षमा केशवराज पंडित ,उपकोषाध्यमा गिता गोसाई रहनु भएको छ ।

 

त्यस्तैगरि समितिको सदस्यहरुमा  वृज किशोर पटेल, राजेश प्रसाद, कृष्ण प्रसाद पडिंत, सिकेन्द्र प्रसाद र  बविता देवी राय रहनु भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.