logo

जनता समाजवादी पार्टीमा पर्साका ३१ जना कार्यकारणीमा दुई जना

      10/22/2020 गते 00 00 मा प्रकाशित     1058   पटक पढिएको

मधेश केन्द्रीत राजनीतिक दल दल जनता समाजवादी पार्टीको केन्द्रीय समितिको एकताले पूर्णता पाएको छ । ७ सय ८५ सदस्यीय केन्द्रीय समितिको निर्माण संगै पार्टीको केन्द्रीय संरचनाले पूर्णता पाएको हो ।

 

पार्टीको केन्द्रीय कार्यकारणी समितिमा साविक राजपका २४ जना साविक समाजवादी पार्टीका २३ जना गरि ५७ जना रहेका छन । पार्टीले   केन्द्रीय कमिटी सहित  बिभिन्न बिभाग र त्यसका प्रमुखहरुको समेत टुगो लगाएको छ ।  सिंगो केन्द्रीय कमिटीमा गैर मधेशी भनेर चिनिने समुदायको संख्या झण्डै आधा रहेको छ ।

 

पर्सा जिल्ला बाट पार्टीको केन्द्रीय सदस्यमा ३१ जनाको सहभागिता रहेको छ । जस मध्य दुई जना कार्यकारणी समितिका सदस्य रहेका छन । २७ सदस्यीय कार्यकारणी समिति शक्तिशाली संरचनाको रुपमा रहेको छ । त्यसमा पर्साबाट लक्ष्मण लाल कर्ण र  प्रदेश २ का मुख्यमंत्री लालबाबु राउत सदस्यका रुपमा रहनु भएको छ ।


पार्टीले केही केन्द्रीय सदस्यहरुलाई परिषदको सदस्य बनाएको छ  । प्रहलाद गिरी, सुरेन्द्र प्रसाद कुर्मी, नेजामुदिन समानी , मोहनलाल चौधरी,रमेश कुर्मी, राजेशमान सिंह, शशी कपुर मिया , शिव प्रसाद पटेल, हरिनारायण रौनीयार, डा.सुरेन्द्र तिवारीलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ । त्यसैगरि पुरुषोत्तमलाल झा,रेखा घिमिरे, प्रदीप यादव,रम्भा मिश्र , रत्नबिक्रम स्याङबो ,मुन्नी श्रीवास्तव ,बालकृष्ण खानाल ,फिरोम मन्सुरी, करिमा बेगम ,जर्नादन यादव सहित ३१ जनालाई केन्द्रीय समितिमा सदस्यको रुपमा जिम्मेवारी दिएको छ । 

 


पार्टीको तर्फबाट निर्वाचित सासद बिमल श्रीवास्तव  यस भन्दा पहिलाका केन्द्रीय सदस्य मुरलीमोहन तिवारी,लक्ष्मीकान्त तिवारी केन्द्रीय सदस्यमा पर्नु भएको छैन । उहाँहरुलाई केन्द्रीय परिषदको सदस्य बनाइएको पार्टी स्रोतले जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.