logo

३१ को दलीतवस्तीमा न्यानो कपडा बितरण ,१४मा बिकास निर्माणको कामको अनुगमन 

      12/19/2020 गते 00 00 मा प्रकाशित     736   पटक पढिएको

चिसो बढेसंगै न्यानो कपडा बितरण पनि शुरु भएको छ । चिसोको कारण  गरिब ज्येष्ठनागरिक तथा वालवालिकालाई निकै सास्ती हुने गरेको छ ।

 

आशाकिरण केन्द्र बीरगंजले त्यस्तै गरिब बिपन्न नागरिककालागि सहयोग गरेको छ । केन्द्रको सहयोगमा बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले बीरगंज महानगरपालिकाको वडा नं ३१ मा कम्बल बितरण गर्नु भएको छ । 

 चिसोबाट जोगाउनकालागि  वीरगंज महानगरपालिकाको वडा नम्बर ३१ का लक्षमिपुर मुसहर बस्ती र नैका टोलका दलित वस्ती, बेल्वामा १३० थान कम्बल र बालबालिकाहरुको लागि न्यानो कपडा बितरण गरिएको हो ।

 

 आशा किरण केन्द्रका अध्यक्ष सुनिल गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रका सचिव राजन श्रीवास्तव, कोषाध्यक्ष सन्दिप मोहता, सदस्य डा.अशोक दास, सुमिर कुमार, अनिल चौधरी,  लगायत स्थानीय बादिन्दाहरुको उपस्थिति रहेको थियो । 

यसैवीच वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले महानगरको वडा नम्बर १३ मा भईरहेको विकास निर्माणको अनुगमन निरीक्षण गर्नुभएको छ ।

 

आज एका बिहानै बीरगंज वार्ड नम्बर १३ मुर्लीमा भईरहेको विकास निर्माणको गुणस्तर तथा कार्य प्रगतिको बारेमा अनुगमन गर्नुभएको हो । अनुगमन निरीक्षण गर्दै महानगरपालिकाको काममा जनताले कही कतै गुनासो राख्ने ठाउँ नदिईकन विकास निर्माण गुणस्तरीय बनाउन उहाँले आग्रह गर्नुभयो ।

 

विकास निर्माणको काममा भ्रष्टाचार भएको, कमसल निर्माण सामग्री प्रयोग गरेको तथा गुणस्तरहिन काम गरेको जस्ता गुनासोहरु आउने हुँदा त्यो अवस्था आउन नदिनका लागि स्थानीयस्तरबाट पनि खबरदारी जरुरी रहेको बताउनुभयो ।

 

अनुगमन निरीक्षणमा नगरप्रमुख बिजय कुमार सरावगी सहित प्रदेश सभा सदस्य जन्नत अंसारी, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य शशिकपुर मियां र वडा नम्बर १३ का वडा अध्यक्ष तुफान फारुक अंसारी लगायतको उपस्थिति रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.