logo

४५ औ मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस पर्साको चियापान सम्पन्न

      12/31/2020 गते 00 00 मा प्रकाशित     765   पटक पढिएको

नेपाली कांग्रेस पर्साले ४५ औं मेलमिलाप दिवसको अवसरमा पर्सामा चिया पान कार्यक्रम सम्पन्न गरेको छ । ४५ वर्ष अघि नेपाली कांग्रेसका सभापति बिशेश्वर प्रसाद कोइरालाले निर्वासित जीनव परित्याग गरि नेपाल फर्किनु भएको थियो ।

 

उहाँ त्यतीबेलाको पंचायती ब्यवस्थाले के गर्छ भन्ने कुराको प्रवाह नगरि मेलमिलापको नीति लिएर नेपाल फर्किनु भएको थियो । 


हिजो बि.पी. कोइरालाको मेलमिलाप नीति अन्र्तगत सम्बैधानिक राजासंगको मिलापको कुरा थियो । तर आज परिस्थितिमा परिर्वतन आए

पनि बि.पी.ले भन्नु भएको मेलमिलापको सान्र्दभिकता रहेको नेपाली कांग्रेसका नेताहरुको भनाई छ । 
नेपाली कांग्रेस पर्साले यही अवसरमा चियपान कार्यक्रमको आयोजना गरेको हो । नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले चियापमानमा सबै दलका नेता तथा प्रशासकहरुलाई आमन्त्रण गर्नु भएको थियो । 


कार्यक्रममा पूर्व मंत्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, पूर्व मंत्री एन नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी संविधान सभा सदस्य राजेन्द्र बहादुर अमात्य , नेकपाका चीरन्जीवी आचार्य जसपाका नेजामुदिन समानी शिव पटेल लगायतका नेताहरुको सहभागिता रहेको नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले जानकारी दिनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.