logo

जनकपुरमा ओली पक्षको शक्ति प्रर्दशन, दाहाल नेपाल पक्षको दलको नेतामा महतो चयन

      1/5/2021 गते 00 00 मा प्रकाशित     683   पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओली ले नेतृत्व गर्नु भएको नेकपाले जनकपुरमा शक्ति प्रदर्शन गरेको छ ।

जनकपुरको रेल्वे स्टेसनदेखि नेकपा प्रदेश कार्यालयसम्म नारबाजीसहितको प्रर्दशन गरिएको थियो । 

नेपाल कम्युनिष्ट पार्टीको दाहाल–नेपाल पक्षले जनकपुरधाममा शक्ति प्रदर्शन गरेपछि आज ओली पक्षले शक्ति प्रदर्शन गरेको हो । प्रर्दशनमा सहभागी हुनकालागि धनुषाका गाउँ गाउँबाट कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु जनकपुर आएका छन ।

 

जनकपुरमा रहेको पार्टी कार्यालयभएको आम सभालाई पार्टीका स्थायी कमिटी सदस्य इश्वर पोख्रेल,महिला तथा बालबालिका मन्त्री जुली महासेठ, कानून मंत्री लिला श्रेष्ठ पार्टीका प्रदेश अध्यक्ष एवं शहरी बिकासमंत्री प्रभु साह लगायतका नेताहरुले सम्बोधन गरेका छन ।

 


अहिले समाज रुपान्तरण र देश विकासका लागी मुलुकमा प्राप्त उपलब्धिहरुको रक्षा एवं विकास गर्दै लोकतन्त्रको सबैभन्दा सुन्दर गहना ताजा जनादेश मार्फत अग्रगमनको दिशामा निरन्तर दृढतापूर्वक अगाडि बढ्नुपर्ने  नेताहरुले बताएका थिउ ।

 

नेताहरुले पार्टी सुदृढ़ीकरण गर्दै प्रतिनिधिसभा निर्वाचनको मजबूत तयारी गर्नको लागि आमसभाको आयोजना गरिएको बताएका थिए । 

 

नेकपा दाहाल नेपाल पक्षको  प्रदेश २ का संसदीय दलको नेतामा शत्रुधन महतो निर्विरोध चयन हुनु भएको छ । नेकपाकै सत्यनारायण मण्डललाई हटाएर महतोलाई चयन गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता मण्डलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि दल नेता चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको थियो ।

निर्वाचन कार्यक्रम अन्तर्गत मंगलवार दिउँसो २ बजेसम्म मनोनयन दर्ता र २ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएकोमा महतोको एकल उम्मेदवारी परेकाले निर्विरोध चयन गरिएको निर्वाचन संयोजक जगतप्रसाद यादवले जानकारी दिनु भयो  ।

प्रचण्ड–नेपाल पक्षको प्रस्तावमा महतोलाई संसदीय दलको नेतामा चयन गरिएको छ । महतोलाई दल नेता चयन गर्न बहुमत १९ जना सांसदको हस्ताक्षर समेत संकलन गरिएको उपनेता रामकुमार यादवले जानकारी दिनु भयो । प्रदेशमा नेकपाका ३२ जना सांसद छन् ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.