logo

नेकपा प्रचण्ड–माधव समूहको क्षेत्रीय भेला र नगर स्तरीय संघर्ष समिति गठन 

      1/16/2021 गते 00 00 मा प्रकाशित     659   पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको विभिन्न स्थानमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको छ । पर्साको क्षेत्र नम्बर १ को परवानीपुरमा, क्षेत्र नम्बर २ को भेला सुगौलीमा सम्पन्न भएको छ । त्यस्तै पर्साको पोखरिया नगरपालिकामा पनि १५१ सदस्यीय प्रतिगमन विरुद्धको संघर्ष समिति गठन गरिएको छ ।

पर्साको क्षेत्र नम्बर १ को क्षेत्रीय भेलामा नेकपा प्रदेश कमिटि सदस्यहरु बालगोपाल थापा, संविधानसभा सदस्य विचारी यादव, नगर अध्यक्ष रहबर अन्सारी, जिल्ला सदस्यहरु गजाधर पटेल, प्रभु यादव, कमल बहादुर पिठाकोटे मगर, सुदीप लामा, नन्दकिशोर पञ्जियार, शम्भु गुप्ता, व्यास यादव, सुशील सिंह ठकुरी, वडा अध्यक्ष प्रद्युमन सेंढाई, पारस यादव, अमानत अन्सारी, अनेरास्ववियु केन्द्रीय सदस्य जुबैर आलम, युवा संघका महानगर अध्यक्ष उमेश ठाकुर लगायत जिल्ला तहका नेता र क्षेत्र नम्बर १ का सबै टोलका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

त्यस्तै पर्साको क्षेत्र नम्बर २ को सुगौलीमा भएको भेलामा नेकपा केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज रामचन्द्र साह, प्रदेश कमिटि सदस्य बाबुराम कौशिक, जिल्ला सदस्य मनोज चौधरी, धन बहादुर श्रेष्ठ, ओमप्रकाश गुप्ता लगायत रहेका थिए । उस्मान अन्सारीको अध्यक्षतमा भएको कार्यक्रमको संचालन नेकपा जिल्ला सदस्य  प्रभाकर गुप्ताले गर्नुभएको थियो ।

पोखरियामा नगर स्तरीय संघर्ष समिति गठन 


पर्साको पोखरिया नगरपालिकामा १५१ सदस्यीय संघर्ष समिति गठन गरेको छ । नेकपा पोखरिया नगर कमिटिका सचिव पन्नालाल कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा पर्सा जिल्ला सचिव विजय महतो, विशिष्ट अतिथि नेकपा प्रदेश कमिटि सदस्य रामबाबु बैठा, जिल्ला सदस्यहरु रामबचत महतो, निरञ्जन चौधरी, सञ्जीव चौधरी लगायतको उपस्थिति रहेको थियो । भेलाले पोखरिया नगरपालिकाको सबै वडामा भेलाको आयोजना गरेर संघर्ष समिति समेत गठन गर्ने निर्णय गरेको प्रदेश कमिटि सदस्य रामबाबु बैठाले जानकारी दिनुभयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.