logo

आन्दोलनरत दलहरु पनि निर्वाचनको तयारीमा , पर्सामा दश मतदान केन्द्र थपियो

      1/23/2021 गते 00 00 मा प्रकाशित     659   पटक पढिएको

प्रधानमंत्री के.पी.ओलीको संसद बिघठनको कदमका बिरुद्ध सडकमा आन्दोलन गरिरहेका राजनीतिक दलहरु निर्वाचनको तयारीमा पनि उत्तिकै सक्रियतापूर्वाक लागेका छन ।

 

पर्सामा निर्वाचन कार्यालयले आयोजना गरेको गरेको निर्वाचन सम्बन्धी अन्तरक्रियामा उनीहरुको सहभागिताले पनि यह कुरालाई देखाउछ। 


जिल्ला निर्वाचन कार्यालय पर्साले बैशाख १७ र २७ गते हुने प्रतिनिधि सभाको निर्वाचनकालागि मतदान केन्द्र निर्धारण गरेको छ । पर्साका राजनीतिक दलका नेताहरुको सहभागितामा कार्यालयले निर्वाचनकालागि मतदान केन्द्र निर्धारण गरेको हो । 


दलका नेताहरुको सहभागितामा भएको कार्यक्रममा आयोगले पर्सामा थप १० वटा मतदान केन्द्र निर्धारण गरेको छ । शुक्रवार आयोगले जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजना गरेको सर्वपक्षीय कार्यक्रम आगामी निर्वाचनको लागि १० वटा मतदान केन्द्र थप्ने निर्णय गरेको हो । 


बैठकले छिपहरमाई गाउँपालिकामा २, सखुवाप्रसौनी गापामा १, कालिकामाई गापामा १, पोखरिया नगरपालिकामा २ र बहुदरमाई नगरपालिकामा १ र वीरगंज महानगरमा ३ गरी १० वटा मतदान केन्द्र थप गरेको छ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, सहायक प्रजिअद्वय धु्रव गिरी र भीमकान्त पौडेल, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, नेकपाका प्रभु हजरा, नेपाली काङ्ग्रेसका अजय द्विवेदी, अरविन्द गुप्ता, किशोरी साह, जसपा नेपालका रामनरेश यादव, तबरेज अहमद, राप्रपाका सुमेश्वर उपाध्याय, नेपाली जनता दलका मनोज रौनियार, जनता पार्टीका रामपुकार रौनियारलगायतको सहभागिता थियो।


निर्वाचन प्रयोजनकालागि भएको तयारीमा संसद पूर्नस्थापनाको माँग राखेर आन्दोलनमा उत्रिएका दलहरुको सहभागिता रहनुले दलहरु आन्तरिक रुपमा चुनावको तयारीमा रहेको देखाउछ । सर्वोच्च अदालतले समेत संसद बिघठनलाई सदर गर्ने बिश्वासका कारण दलहरु आफूलाई चुनावकालागि पनि तयारी गर्दै लगेको  जसपाका एक नेताको टिपपणी छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.