logo

आमहड्तालमा उत्रिएका नेकपा माधव प्रचण्ड समुहका नेता कार्यकर्ता गिरफ्तार

      2/4/2021 गते 00 00 मा प्रकाशित     653   पटक पढिएको

वीरगंजबाट नेकपा प्रचण्ड माधव समूहका एक दर्जन भन्दा बढी नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।  

 

आम हडताल सफल बनाउन बन्द गराउदै हिडेका पार्टीका कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको हो । 

वीरगंजको घण्टाघर चौकबाट नेकपा वीरगंज महानगर कमिटी अध्यक्ष रहबर अन्सारी, जिल्ला कमिटी सदस्य मनोज चौधरी, युवा संघका केन्द्रिय सदस्य अरुण यादव, अनेरास्ववियुका केन्द्रिय सदस्य प्रभाकर गुप्ता, शिवम साह, जुबेर आलाम, प्रचार बिभागका पूर्व सदस्य  अरबिन्द सिंह, टुनटुन तिवारी, सुनिल कुशवाहा, विद्यार्थी नेता रामबाबु मण्डल लगायत पक्राउ परेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम विरुद्ध पार्टीको केन्द्रिय संघर्ष समितिद्वारा घोषित आम हड्ताल सफल बनाउन घण्टाघर पुगेका आफुहरुलाई प्रहरीले नियन्त्रणमा लिएको अरविन्द सिंहले बताउनु भयो । पक्राउ परेको सबै जनालाई  पुरानो अञ्चल  प्रहरी कार्यालय परिसरमा राखिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.