logo

सदस्यता नविकरण सम्बन्धमा प्रदेशको नाममा गरिएको सिफारिशलाई अस्वीकार गर्ने पत्रकार महासंघ पर्साको निर्णय

      2/4/2021 गते 00 00 मा प्रकाशित     668   पटक पढिएको

नेपाल पत्रकार महासंघ पर्सा शाखाले सिफारिश गरेका मध्य तीनजनालाई सद्यसयताबाट बन्चित गर्ने निर्णयलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।

 

पर्सा शाखाले सबै प्रक्रिया र मापदण्ड पुरा गरेर सदस्यता सिफारिश गरेपनि शाखालाई कुनै जानकारी निदिइ कुनै सोधपुछ समेत नगरि प्रदेश समितिले सदस्यता सिफारिशबाट नाम हटाएको र चोरबाटो बाट थप सदस्यको सिफारिश समेत गरेको भन्दै शाखाले त्यसलाई नमान्ने निर्णय गरेको शाखाका उपाध्यक्ष अनुप तिवारीले बताउनु भयो । 


सामान्य सिद्धान्ताको पालना समेत नगरि प्रदेशमा भएकाहरुले आफूखुशी नाम थप्ने र हटाउने काम गरेको पाइयोे उपाध्यक्ष तिवारीले भन्नु भयो सदस्यता बितरणको प्रारम्भिक अधिकार शाखामा निहित रहे पनि प्रदेशले त्यसलाई उल्लघंन गरेकोले ”अस्वीकार“ गर्ने अप्रिय निर्णय गर्नु परेको बताउनु भयो । 

 


नेपाल पत्रकार महासंघ प्रदेश समिति २ का  अध्यक्ष दीपेन्द्र चौहान र सचिव गुरु गौतमले नयाँ सदस्यता  र सदस्यता नविकरण सम्बन्धमा एकपक्षीय रुपमा लाकेतान्त्रिक बिधि र प्रक्रिया बिपरित सिफारिश गरेको भन्दै प्रदेशका बिभिन्न शाखाले असहमती र बिरोध जनाउदै आएका छन । त्यही क्रममा पर्सा शाखाले  त्यस्तो निर्णय नमान्ने भन्दै संस्थागत निर्णय गरेको हो । 

नेपाल पत्रकार महासंघ पर्सा शाखाको बैठकले   २४ औं साधारण सभा भब्य रुपमा सम्पन्न भएको निष्कर्ष निकाल्दै सभा सफल पार्ने सबै संचारकर्मी प्रति आभार प्रकट गर्ने निर्णय गरेको छ ।

 

 गर्ने निष्कर्ष निकाल्दै पुनरावलोकनको लागि आवश्यक प्रकृया अघि बढाउने निर्णय समेत गरेको छ । आजको बैठकले आगामी फागुन महिनामा कार्य समितीका पदाधिकारी एवं सदस्यहरुलाई अन्य जिल्लामा महासंघले गरेको गतिबिधिको अवलोकन गर्न भ्रमणमा जाने निर्णय गर्दै त्यसको लागि कार्य समितिको सबैले निजी रुपमा ५ हजारका दरले ब्यहोर्ने निर्णय गरेको छ ।

 

अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा बसेको बैठकमा उपाध्याक्ष अनुप तिवारी, सचिब युवराज खड्का, उप सचिब निलिमा पौडेल, कोषाध्याक्ष भूषण यादब, सदस्याहरु शसुष्मा शर्मा, सञ्जिब मिश्र, जियालाल साह, सफल खतिवडा, मनोज पटेल, प्रणय कुमार साह, पुष्पराज तिमस्सिना लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.