logo

प्रदेश २ का पूर्वाधारमंत्री राजनीतिमा ब्यस्त, प्रदेश प्रमुख डा.अहिराज पुग्नु भयो घरमा

      2/23/2021 गते 00 00 मा प्रकाशित     660   पटक पढिएको

प्रदेश नं २ का  नवनियुक्त प्रदेश प्रमुख डा. राजेश अहिराजले बाराको परवानीपुरका ७१ वर्षिय लक्ष्मी साह सोनारको घरमा पुगेर उहाँको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनु भएको  ।

 

डा. अहिराजले  बाराको परवानीपुर स्थित घरमै पुगी ७१ वर्षिय सोनारलाई भेटेर उहाँको बारेमा जानकारी लिएर आजै जनकपुर फर्किनु भएको हो ।

 

बिगत लामो समयदेखीको सम्बन्ध भएकै कारण प्रदेश प्रमुख अहिराजले सोनारको घरमा पुगेर भेटघाट गर्नु भएको हो । आफनो बेलामा अथक परिश्रम गरेर सन्तानलाई दिक्षीत गर्ने अभिभावकलाई भेटन पाउदा उत्प्रेणा मिलेको प्रदेश प्रमुख अहिराजले बताउनु भयो । 


सोनारका पुत्र जितेन्द्र सोनल भने प्रदेश २ को सरकारका भौतीक येजना तथा पूर्वाधार मंत्री हुनुहुन्छ । प्रदेश सरकारको दोश्रो बरियताका शक्तिशाली मंत्री आफनो प्रदेशको प्रमुखलाई स्वागत गर्न जानु पर्ने प्रचलन रहेता पनि राजनीतिक ब्यस्तताका कारण मंत्री सोनल  प्रदेश प्रमुखको स्वागतमा नगएको अडकल काट्न थालिएको छ । 


प्रदेश प्रमुखको स्वागतमा मंत्री नगए पनि प्रदेश प्रमुख मंत्रीको घरमै पुग्नु भएको छ ।   प्रदेश प्रमुख आम नागरिकको घरमा जुन वेला पनि पुग्न सक्ने सन्देश मंत्रीको घरमा पुगेको दृष्टान्तले देखाएको छ । राजनीतिमा बिमती र सहमतीका अनेकौ उपक्रम चल्छन तर राजकीय नेतृत्वमा रहेकाहरुले सामान्य शिष्टाचारको अर्थ र मर्ममाथि प्रहार गर्दा त्यसले नकारात्मक संस्कृतिको बिकास हुन पुग्छ ।

 

प्रदेश प्रमुख अहिराजका बिषयमा प्रदेश २ मा सरकार र त्यसका मत्रीहरुले गरेको ब्यवहारले त्यही देखाउछ । तर प्रदेश प्रमुखले पदभार ग्रहण गर्दैगर्दा गर्नु भएको प्रतिवद्धता अनुसार प्रदेश २ का सामान्य नागरिकको घरमा पुग्ने उहाँको सहज र सरल जीवनशैलीले पहिलो पटक नै जनतामा उत्साह संचार गर्न सकेको छ । 

 

 प्रदेश प्रमुख डा. अहिराजले भन्नु भयो “ मंत्री ज्यूको बुबा ७२ वर्षको हुनु भएको छ । उहाँको स्वास्थ्य अवस्थाको बारेमा र अन्य पारिवारीक कुरामा जानकारी लिने दिने काम भयोे । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.