logo

प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीको पद पाउन नसक्ने ,अवको लडाई अस्थिरता र भ्रष्टाचारको बिरुद्धः  मंत्री साह

      2/26/2021 गते 00 00 मा प्रकाशित     722   पटक पढिएको

 नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्रीको पद पाउन जति मरिहत्ते गरे पनि प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीको पद पाउन नसक्ने बताउनु भएको छ  ।


शुक्रवार पर्साको छिपहरमाई गाउँपालिकामा पार्टीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्ष समेत रहनु भएका मन्त्री साहले जति षड्यन्त्र र छलछाम गरेपनि प्रचण्ड(माधवको प्रधानमन्त्री बन्ने सपना साकार नहुने बताउनु भएको हो । जनताले झण्डै दुईतिहाई बहुमतसहित देशकै ठूलो पार्टी बनाएको भएपनि प्रचण्ड र माधव नेपालले पार्टी ध्वस्त बनाएको बताउदै मन्त्री साहले माधव प्रचण्ड आफैले खनेको खाल्डोमा फस्ने जीकिर गर्नु भयो । 

संसद पुनर्स्थापना पछि प्रचण्ड र माधव नेपाल सांसद किनबेच गरेर गणीतिय फोहोरी खेलमार्फत प्रधानमन्त्री बन्ने सपना देखिरहेको तर पूरा नहुने मन्त्री साहको भनाई छ । सत्ता हत्याउन प्रचण्ड र माधव नेपालले रोपेको अस्थिरताको काँडाले उनीहरुलाई घोच्ने  मन्त्री साहले बताउनु भयो  ।

संसद पुनर्स्थापना पछि प्रचण्ड माधवहरु प्रधानमन्त्री पदको सपना देख्न थालेका छन् उहाँले भन्नु भयो“ हुन पनि किन नहोस्, यसैको लागि त आफनै पार्टीको सरकार बिरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र दुई तिहाई कम्युनिष्ट जनमतलाई टुक्राउने काम गरेका थिए ।”   जति छटपटाए पनि, जति गिडगिडाए पनि माधव प्रचण्डहरुले प्रधानमन्त्री पद पाउन सक्दैनन् । किन कि अरुका लागि खाल्डा खन्नेहरू त्यसमा आफै पर्ने गर्छन् । तपाई हेर्न सक्नुहुन्छ आज उहाँहरूलाई कसैले बिश्वास गरि रहेछैन मंत्री साहले भन्नु भयो ।


नयाँ सरकार निर्माणका लागि गणीतिय फोहोरी खेलको सुरुवात भएको छ । माधव प्रचण्डहरुले अहिले सांसद किनबेच र अस्थिर सरकार बनाउने फोहोरी खेल खेल्ने अवसर पाएकोमा  उत्सव मनाइरहेका छन् । तर उनीहरूले रोपेको काँडाले उनीहरुलाई नै घोच्ने छ ।ू मन्त्री साहले थप्नु भयो ू जनताले झण्डै दुई तिहाई बहुमतसहित नेकपालाई ठूलो पार्टी बनायो । तर सत्ताको लोभमा पार्टीलाई ध्वस्त बनाइदिएको । भनिन्छ, अरुका लागि खाल्डा खन्यो भने आफै फस्नुपर्छ । ठिक त्यस्तै हालत माधव र प्रचण्डहरुको भएको छ ।ू
उहाँले अवको लडाई अस्थिरता र भ्रष्टाचार बिरुद्ध रहेको बताउदै मंत्री साहले नपाली जनताको सम्बृद्धि र सुखी नेपालीको आकंक्षालाइृ पुरा गर्न कम्युनिष्ट पार्टीले मात्र सक्ने बताउनु भयो । उहाँले प्रधानमंत्री के.पी ओालीको नेतृत्वमा नेपाललाई बिदेशीहरुको खेल्ने अखाडा बन्नबाट रोक्न सकिएकोले देशी बिदेशी षडयन्त्रका कारण अस्थिरताको खेल शुरु भएको बताउनु भयो । 

कार्यक्रममा प्रदेश सभा सदस्यद्वय  महम्मद समीर, नेकपा पर्साका अध्यक्ष प्रभू हजरा,संविधानसभा सदस्य राजकुमार गुप्ता, जय प्रकाश थारु। प्रदुम्न चौहान ,फूलझरी देवी ,, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ता,  डा. विशम्भर शर्मा, बलिराम साहलगायतका जनप्रतिनिधि एवम् नेताहरुको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.