logo

प्रदेश २ का पाँच प्रदेशसभा सदस्य नेकपा एमालेमै रहने

      3/10/2021 गते 00 00 मा प्रकाशित     637   पटक पढिएको

 प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्रका करिब आधा दर्जन प्रदेशसभा सदस्यहरु पार्टी परित्याग गरि नेकपा एमालेमै रहने भएका छन ।

 

 सर्वोच्च अदालतले नेकपा खारेजी गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्युँताएसँगै माओवादी केन्द्रका ५ जना प्रदेशसभा सदस्यहरु एमालेमै रहने भएका हुन  । 

प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वाला कुमारी साह, कुन्दन कुशवाहा, दिलिप साह र मोहम्मद समिर एमालेमा रहने भएका हुन । पार्टी बिभाजन पछि उनीहरु प्रधानमंत्री के.पी ओलीको नेतृत्वको नेकपामा संगठीत हुनु भएको थियो ।

 

नेकपा एमालेका महासचिव तथा उपप्धानमंत्री ईश्वर पोख्रेलसंग बीीरगंजमा आज साँझ कुरा गर्दै माओवादीबाट निर्वाचित भएका प्रदेश सभा सदस्यहरुले आफूहरु माओवादीमा नफर्किने जानकारी गराएका थिए ।

 

प्रदेशसभा सदस्य ज्वाला साह, महोम्मद समिम र कुन्दन कुशवाहाले महासचिव पोख्रेललाई यस्तो जनाउ दिनु भएको हो ।  पाँचै जना प्रदेश सभा सदस्यहरु शहरी बिकास मंत्री  प्रभू साह संग नजिक रहेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.