logo

सात साल यताका सबै राजनीतिक मुद्धाहरु एक पटककालागि खारेज गरिनु पर्छः नेता प्याकुरेल

      4/21/2021 गते 00 00 मा प्रकाशित     535   पटक पढिएको

नेकपा एमालेका नेता सुमन प्याकुरेलले बिगतमा भएका राजनीतिक आन्दोलनमा संलग्न भएकै कारण राजनीतिक ब्यक्तिलाई लगाइएका बिभिन्न खालको मुद्धा खारेज हुनु पर्ने बताउनु भएको छ । 

 


प्रेस चौतारी नेपाल पर्सा शाखाले ०७७ चैत २५ मा भएको निर्वाचनमा बिजयी पदाधिकारीहरुलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै पार्टीको प्रदेश २ का सचिव समेत रहनु भएको नेता प्याकुरेलले २००७ साल देखी अहिले सम्मका सबै राजनीतिक मुद्धा एक पटककालागि खारेज गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो “एक पटककालागि सबै मुद्धाहरु खारेज हुनु पर्छ म सरकार संग माँग गर्दछु । 

 


उहाँले पत्रकार समाजका अभिन्न अंङ भएकोले सत्य तथ्य समाचार लेखेर जनतालाई सुचना दिन आग्रह गर्नु भएको थियो।उहाँले वर्तमान राजनीतिक परिवर्तन घटना बारे आफुहरु चिन्तित भएको बताए। उहाँले प्रधानमन्त्री ओलीले गरेका राम्रा कामका बारेमा पनि कलम चलाउन पत्रकारहरलाई आग्रह गर्नुभयो । 


सम्मान कार्यक्रममा  नेकपा एमाले पर्साका अध्यक्ष प्रभू हजरा,संविधान सभा सदस्य राजकुमार गुप्ता ,नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान,केन्द्रीय सदस्य के.सी. लामिछाने,पर्साका अध्यक्ष अनुप तिवारी,,प्रेस चौतारी नेपालका सल्लाहकार महेश दास,नेपाल प्रेस युनियनका अध्यक्ष राम नारायण कुर्मी ,वानका महासचिव आर.सी. यादव लगायतले  शुभकामना दिनुभएको थियो। प्रेस चौतारी पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई  बिजय भन्डारीले सहजिकरण गर्नु भएको थियो ।

 

कार्यक्रममा स्वागत पत्रकार महेशचन्द्र गौतम र कार्यक्रमको उद्धेश्य माथि युवराज खड्काले प्रकाश पार्नु भएको थियो । 


कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्र प्रदेश र जिल्ला निर्वाचित सबै पदाधिकारी सदस्यहरुलाई माला र गम्छा ओडाएर सम्मान गरिएको थियो । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.