logo

सरकारलाई अविश्वास गर्नु पर्ने कुनै कारण छैनः प्रधानमंत्री ओली

      5/10/2021 गते 00 00 मा प्रकाशित     432   पटक पढिएको

देशको सबर्वभौम सत्ताका बिषयमा मुलुकमा अव कुनै बिवाद नरहेको प्रधानमंत्री के.पी.ओलीले बताउनु भएको छ । आफना माँग र आकंक्षाहरु पुरा गराउनकालागि हिंसालाई माध्यम बनाउनु पर्छ भन्ने सोच पनि अन्त्य भएको बताउनु भयो । शान्तिपूर्ण राजनीतिको मुलधारमा त्यस्ता शक्तिलाई सम्वादको मार्फत ल्याइएको बताउनु भयो ।

 

प्रतिनिधि सभामा बिश्वासको मतको बिषयमा भएको छलफलमा आफनो भनाई राख्दै प्रधानमंत्रीले सफलता नदेख्न,े एकाध सफलता पाउन बिलम्ब भयो भने त्यसलाई नदेख्ने प्रवृति ठिन नभएको बताउनु भयो ।

 

उहाँले सरकार सफल भएर छोडने बताउनु भयो । अपराधीहरुमाथि छानविन गर्ने र दोषीलाई करावाही गर्ने दोषीको अनुहार हेरेर कारवाही  नगर्ने , आग्रह वा प्रतिशोध राखेर वर्तमान सरकार कुनै काम नगर्ने प्रष्ट पार्नु भयो ।

 

उहाँले अन्तराष्ट्रिय क्षेत्रमा राम्रो गरेको मुलुक भित्र बिकास निर्माण गरेको सरकारलाई अविश्वास गर्नु पर्ने कुनै कारण नरहेको बताउनु भयो । उहाँले अनेको प्रपञ्च र षडयन्त्रका बाबजुद पनि मुलुकको शान्ति बहाल छ त्यसैले सरकारलाई बिश्वास गर्नु नपर्ने कारण छैन त्यसैले सदनको बिश्वास आफूमाथि छ भन्ने कुराको लागि बिश्वासको मत लिन लागेको उहाँले बताउनु भयो । नोपललाई सुरुङ मार्गमा लैजाने ठुवा हवाई मैदान बनाउने संचार क्षेत्रमा गरिएका काम अद्धभूत रहेको उहाँले बताउनु भयो ।

 

बिकासमा प्रविधिको प्रयोगबाट डिजीटल म्याप, नागरिक एप,मेरो कित्ता हुदै डिजिटल नेपाल बनाउने प्रयास भइरहेको उहाँले सदनलाई जानकारी दिनु भयो । घरबाटै बसेर धेरै काम गर्न सक्ने गरि प्रविधियुक्त आधुनीक नेपाल बनाउने काम गरेको उहाँले बताउनु भयो । मेलम्ची राजा बीरेन्द्र पूर्व प्रधानमंत्री कृष्णप्रसाद भट्टराईले शुरु गर्नु भयो अरु सरकारले पनि काम गरे तर यो सरकारले १७ करोड लिटर पानी ल्यायो अव केही दिनमा ५१ करोड लिटर पानी ल्याएर काठमाण्डौलाई पानीको अभाव बाट मुक्त गरिने बताउनु भयो ।

 

धराहरा छोटो अवधिमा निर्माण भयो ,रानीपोखरी, दरवार हाइस्कूल, दरवार स्क्वायर , प्रधानमंत्री कार्यालय लगायतका पूर्वाधारको निर्माणको काम भइरहेको बताउनु भयो । उहाँले दैनीक ६ किलोमिटर कालोपत्रे सडक बनीरहेको बताउदै सरकार तिब्र बिकासको गतीमा अगाडि बढेको बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.