logo

प्रधानमंत्रीले राखेको प्रस्तावको बिपक्षमा मतदान गर्न सभापति देउवाको अपिल

      5/10/2021 गते 00 00 मा प्रकाशित     439   पटक पढिएको

सरकार संचालन गर्नेहरुबाट संघीयता र संबिधान सुरक्षीत नरहेको नेपाली कांग्रेसका संसदीय दलका नेता शेर बहादुर देउवाले बताउनु भयो  । प्रधानमंत्रीले बिश्वासको मत सम्बन्धमा संसदमा राख्नु भएको प्रस्तावको बिषयमा छलफलमा भाग लिदै नेता देउवाले संबिधान जारी भएपछि नेकपा एमाले र नेकपा माओावदीको गठबन्धनले दुई तिहार्य मत पाएको स्मरण गर्नु भयो ।

 

नेता देउवाले तीन वर्षमा बिश्वासको मत लिन आउनु पर्ने अवस्था बन्यो यसको दोषी को भन्दै यसको दोष प्रधानमंत्रीम जाने बताउनु भयो । उहाँले आफूहरु आलोचीत हुदै पनि  जहिले पनि रचानात्मक सहयोग गर्दै आएको बताउनु् भयो । दोष अरुलाई दिएर प्रधानमंत्री उम्किन पाउनुहुन्छ ? भन्ने प्रश्न गर्दै प्रधानमंत्री के.पी.ओलीको सरकार पूर्णतया असफल भएको बतानउनु भयो । उहाँले छातीमा हात राखेर सोच्न आग्रह गर्दै भन्नु भयो  यो अवस्थाको जिम्मेवार प्रधनामत्री आफै होइन ।

 

उहाँले कोभिडका कारण जनता उपचार नपाएर तडपिरहेका छन तर सरकारले नियन्त्रणकोलागि कुनै काम गर्न सकेको छैन । पटक पटक ध्यानाकर्षण गराउदा समेत सरकारले सुन्न चाहेन । खोपको ब्यवस्था गरेको छैन त्यसैले नेपाल कोभिड १९ को उच्च जोखिममा राखिएको छ । यस्तो अवस्था आउनुमा सरकार दोषी रहेको छ । 


अहिले सम्म थोरै मानिसलाई खोप दिइएको छ कमिशनको कारण खोप आउन सकेको छैन। औषधीमाथि गरिएको अनियमितता निकै अनैतीक काम भएको सभापति देउवाले बताउनु भयो । पहिलो लहरमा सरकारले स्वास्थ्य समाग्री ल्याउदा समेत भ्रष्टचार भयो यो भन्दा निर्लज्जता के हुन्छ भन्दै प्रश्न गर्नु भयो ।  

 

औषधी नपाएर नेपालीले ज्यान गुमाउनु पर्ने छैन भन्नु भएका प्रधानमंत्री अहिले ज्यान जानेहरु जनता होइनन भन्ने प्रश्न गर्नु भयो । निरिह प्रधानमंत्रीले भाषणमा आत्मरतीमा रहेर आफनो प्रशंसा गर्नु बेठीक भएको देउवाले बताउनु भयो  । 


प्रतिनिधि सभाको सदस्यको शपथ नखादै प्रधानमंत्री हुनु भयो , एउटै दलका सभामुख र उपसभामुख हुन नपाउने सबैधानिक प्रावधान बिरुद्धको काम गरेर शुरु देखी नै संघीयता बिरोधी काम गरेको देउवाले आरोप लगाउनु भयो । उहाँले असबैधानिक र अलोकतान्त्रिक रुपमा प्रतिनिधिसभाको बिघठन गर्नु भयो संसद पूर्नस्थापना पछि नैतीकताको आधारमा राजीनामा दिनु पर्नेमा त्यो पनि नगरेको  बताउनु भयो ।

 

उहाँले संबिधानको भावना बिपरित संबिधानका मूल  संरचना भत्काउने काम भएको उहाँले बताउनु भयो । संबैधानिक परिषदलाई अध्यायदेश मार्फत संशोधन गरेर आफनो अनुकुलको निर्णय गराउदै आएको देउवाले आरोप लगाउनु भयो ।  त्यसैले बर्तमान सरकार संसदीय मान्यता प्रति प्रतिवद्ध नरहेको प्रष्ट हुन्छ उहाँले भन्ुभयो संंबिधानको भावना अनुरुप काम गरिएन प्रधानमंत्रीले आफूलाई संबिधान भन्दा माथि राख्ने खालको काम भयो ।


शान्ति सुरक्षा कायम गर्न नसकेको , असबैधानिक काम गरेको हरेका क्षेत्रमा असफल भएका प्रधानमंत्रीले राखेको प्रस्तावको बिपक्षमा मतदान गर्ने छ भन्दै प्रतिपक्षी दलको नेताको हैसियतले सबैलाई बिश्वासको मत नदिन समेत अपिल गर्नु भयो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.