logo

मुख्यमंत्री राउत र सामाजिक बिकासमंत्री साहको राजीनामा माग्दै नेबिसंघले शुरु गर्यो रिले अनशन

      5/20/2021 गते 00 00 मा प्रकाशित     451   पटक पढिएको

कोरोना संक्रमित बिरामीलाई निःशुल्क उपचारको माग गर्दै नेपाल बिद्यार्थी संघ आन्दोलनमा उत्रिएको छ । नेपाल बिद्यार्थी संघ धनुषाले कोरोना बिरामीको निशुल्क उपचारको माँग गर्दै रिले अनशन शुरु गरेको हो । 

 

नेपाली काँग्रेसको भातृ संगठन नेविसंघ धनुषाले मुख्यमन्त्री लालबाबु राउतको राजीनामासहित विभिन्न माग राख्दै  बुधबारदेखि रिले अनशनमा गरेको हो । 

 

नेविसंघले बुधबार जनकपुरधामको जनक चोकमा बसेर विद्यार्थीहरुको समेत सहभागितामा अनशन थालेको छ ।

 

कोरोना संक्रमणको दोश्रो लहरका कारण आमजनता उपचार अभावमा वञ्चित रहेको अवस्थामा सरकारलाई जिम्मेवारीबोध गराउने उद्देश्यले  आफूहरुले रिले अनशन सुरु गरेको नेविसंघका नेता सोनु निधिले जानकारी दिनु भयो  ।
 


संघले  अक्सिजन तथा अन्य स्वास्थ्य उपकरणको सुलभ व्यवस्था गर्न, अस्पतालको क्षमता बढाई जनशक्ति थप गर्न, प्रादेशिक अस्पतालको अक्सिजन सिलिण्डर र रेम्डेसिभिर औषधि निजी अस्पतालमा बेच्ने मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोदकुमार यादवलाई कारबाही गर्न माग गरेको छ।

 यस्तै उनीहरुले निषेधाज्ञाको नाममा कालोबजारी बन्द गर्न, मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकासमन्त्री नबल किशोर साहको राजीनामा लगायतका मागहरु राख्दै अनशन सुरु गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.