logo

नेकपा एमालेका सासदको हस्ताक्षर दुरुपयोग , शेर बहादुरलाई प्रम बनाउन हस्ताक्षर नगरेको प्रष्टोक्ति

      5/21/2021 गते 00 00 मा प्रकाशित     437   पटक पढिएको

नेकपा एमालेका सासद सुरेन्द्र पाण्डेले आफूले शेर बहादुर देउवालाई प्रधानमंत्री बनाउने गरि कुनै हस्ताक्षर नगरेको बताउनु भएको छ ।

 

त्यसै गरि नेकपा एमालेका केन्द्रीय सचिवद्वय गोकर्ण बिष्ट र योगेश भट्टराई र जय कुमार राईले पनि शेर बहादुर देउवालाई प्रधानमंत्री बनाउने गरि आफूहरुले हस्ताक्षर नगरेको बताउनु भएको छ । योगेश भट्टराईले हस्ताक्षरमा असहमती जनाउएपछि उहाँको हस्ताक्षर मेटाइएको बताइएको छ । 

 

नेता पाण्डेले आफूले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको र पुरानै दस्तखत प्रयोग गरिएको हुन सक्ने बताउनु भयो ।

 

उहाँले माधव नेपाल लगायतका नेताहरुलाई त्यो बाटोमा नजान समेत भनेको बताउनु भयो । त्यस्तै गोकर्ण विष्टले माधव नेपालले पुरानो हस्ताक्षर दुरुपयोग गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

 

सासद जयकुमार राइले आफू एमाले विभाजन कुनै पनि हस्ताक्षरमा सहभागी नभएको बताउनु भएको छ  । उहाँले आफू पार्टी एकताको पक्षमा रहेको र लाखौ कार्यकताृको यही भावनालाई सम्मान गर्दै पार्टी बिभाजनको पक्षमा सहभागि  नभएको प्रष्ट पार्नु भएको छ । 

 

आफूले सदन विघटन अगाडि पुसमा सदन बोलाउने नाममा मात्रै हस्ताक्षर गरेको बताउदै राईले भन्नु भयो त्यही  हस्ताक्षर देउवा प्रधानमन्त्री बनाउन भनेर प्रयोग भएको हो भने त्यो दुरुपयोग हो । मेरो त्यसमा कुनै समर्थन हुँदैन।”

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.