logo

जसपामा यादव र ठाकुरले गरे एक अर्कालाई कारवाही,जुट्न सक्ने आशा निकै कम

      6/1/2021 गते 00 00 मा प्रकाशित     552   पटक पढिएको

 जनता समाजवादी पार्टी (जसपा) फुटेको छ । उपेन्द्र यादव पक्षले महन्थ ठाकुर सहितका मुख्य चारजना नेतालाई पार्टीबाट निकालेपछि महन्थ पक्षले पनि उपेन्द्रलाई निकालेको छ । 


उपेन्द्र पक्षले आफूहरुलाई निकालेको पत्र निर्वाचन आयोगमा दर्ता गराएपछि महन्थ पक्षले पनि उपेन्द्रलाई निकालेको पत्र आयोगमा दर्ता गराएको हो । 

दुई अध्यक्षले एकअर्कालाई पार्टीबाट निकालेको निर्णय गरेपछि जसपा तत्काल जुट्न नसक्ने गरी फुटेको मानिएको छ । 

उपेन्द्र यादव पक्ष संसदीय खेल खेलेर सरकारमा जाने पक्षमा उभिएको छ भने महन्थ ठाकुर पक्ष जनअभिमत लिन चुनावमा जाने पक्षमा उभिएको छ । 

जसपा अध्यक्ष उपेन्द्र यादवले बहुमतको आधारमा अर्का अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट हटाए । लगत्तै महन्थ पक्षले पनि उपेन्द्र यादवलाई पार्टीबाट हटाए । 
ठाकुर पक्षीय नेता सुरेन्द्र झाले साधारण सदस्य समेत नरहने गरी उपेन्द्र यादवलाई पार्टीबाट कारबाही गरेको जानकारी दिनु भयो  ।  दुवै पक्षले निर्वाचन आयोगमा पत्र पठाएर एक अर्कालाई हटाउन दावी पनि पेश गरे ।

केही महिना पहिले यी दुई पार्टीको रातारात एकीकरण भएको थियो । एकीकरण भए पनि उपेन्द्र यादवले यादव समुदायको बेग्लै समूह चलाउँदै आउनुभएको थियो । अहिले उपेन्द्रको साथमा पार्टीभित्रका यादवहरुको ठूलो हिस्सा रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.